काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनेमा शंका व्यक्त गरेका छन् । नेता कोइरालाले मधेशी मोर्चालाई सहमतिमा नल्याई निर्वाचनमा गए मुलुकमा बिखण्डनको बिउ रोपिने चेतावनीसमेत दिए ।
काठमाडांैमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेशी मोर्चाले माग गरे अनुसार हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन नसकिने अडान पनि राखे । नेता कोइरालाले बैशाख ३१ गते सबै प्रदेशको निर्वाचन सम्पन्न गराउने पक्षमा आफू रहेपनि परिस्थिति त्यस अनुकूल नरहेको भन्दै चिन्ता पनि व्यक्त गरे ।
नेता कोइरालाले श्रम आयोग गठन हुने र नेपाली श्रमिकहरुको अधिकार प्राप्तीको लडाईमा कांग्रेसले सधैं साथ दिने आश्वासन पनि दिए ।