विशेष

पुनर्निर्माण प्राधिकरणबाट सुशील ज्ञवाली पदमुक्त, डा. पोखरेल नयाँ सीईओ

काठमाडौं । आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई पदमुक्त गर्ने निर्णय गरेको छ । सरकारले सोधेका दुईवटै स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले उनलाई पदमुक्त गरेको हो । 

मन्त्रिपरिषद् बैठकले डा. गोविन्द पोखरेललाई प्राधिकरणको सीईओ नियुक्त गर्ने निर्णय पनि गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए । पोखरेल यसअघि सुशील कोइराला सरकारको पालामा पनि प्राधिकरणको सीईओ नियुक्त भएका थिए । तर समयमा एेन पारित नहुँदा उनी पदमुक्त भएका थिए । 

प्राधिकरण सीईओमा पोखरेल नियुक्त भए पनि प्राधिकरणका सदस्यहरुको बारेमा भने मन्त्रिपरिषद् बैठकमा छलफल नै भएन । बैठकले सार्वजनिक बिदाका सम्बन्धमा कार्यविधि बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

तपाईंको मत