site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अबदेखि ट्राफिक प्रहरीले उपत्यकाभित्र चल्ने पिकअप भ्यान, डेलिभरी भ्यानलगायत सामान बोक्ने सवारी साधनलाई जथाभावी चल्न नदिने भएको छ । डेलिभरी भ्यान र पिकअप भ्यानलगायत सामान बोक्ने साना सवारी साधनका कारण सडक जाम बढेको निष्कर्ष निकाल्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले अबदेखि उपत्यकाभित्रका सडकमा सीमित समय बाहेक टाटा मोबाइल, डेलिभरी भ्यानका साथै सानातिना सामान बोक्ने भाडाका सवारी साधन चलाएको भेटिए कारबाही गर्ने जनाएको छ । 
“पछिल्लो समय उपत्यकाभित्र दिउँसै सामान बोकेर जथाभावी टाटा मोबाइललगायत सातातिना सवारीले सामान बोकेर जथाभावी चलाएको भेटियोे, जसका कारण सवारी आवागमनमा निकै बाधा पुग्यो,” महानगरीय ट्राफिक प्रमुख डीआईजी प्रकाश अर्यालले भने, “टाटा मोबाइलले दिउँसै सामान बोकेर जथाभावी हिँडेका कारण सवारी जाम बढेको भेटिएपछि अबदेखि निश्चत समयभन्दा टाटा मोबाइल चलाउन पाइने गरी ट्राफिक व्यवस्थापन गरेका छौं ।” 
बिहान, बेलुका र दिउँसो सवारी चाप भएका बेलामा समेत अरुलाई बाधा पुग्ने गरी सामान बोकेर सडकमा निस्कने टाटा मोबाइलका कारण सडक जाम हुने गरेको भेटिएपछि महाशाखाले अबदेखि टाटा मोबाइललाई व्यवस्थित गर्न थालेको सडक सुरक्षा युनिटका इन्चार्ज डीएसपी सविन प्रधानले बताए ।
यातायात ब्यावस्था विभागले अबदेखि कम्पनीबाट निर्माण भएर आएका माइक्रोबसका सिट क्षमताभन्दा बढी सवारी बोकेको भेटाए कारबाही गर्न ट्राफिकलाई पत्राचार गरेको छ । 
त्यसैगरी विद्यालयका सवारी साधनलाई पनि निश्चित समयभित्र विद्यार्थी पुर्याएर विद्यालय हाता भित्र प्रवेश गरिसक्न समय तोकिएको छ । 
बिहान ९ बजेभित्र विद्यार्थीलाई विद्यालय पुर्याई सक्नुपर्ने र बेलुका ४ः३० बजे विद्यार्थीलाई घर पुर्याई सक्नु पर्नेछ । यो भन्दा अघि मौखिक रूपमा सहमति भए पनि लिखित रूपमा भने निर्णय भएको भए पनि लागु भने भएको थिएन । 
त्यसैगरी डेलिभरी भ्यान र पिकअप भ्यानलगायतका सवारी साधनलाई बिहान ९ बजे देखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म मात्र चलाउन पाइनेछ । योभन्दा अघि २४ घण्टा आफूखुसी चलाउने गरिएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७३  १०:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC