काठमाडौं । मगर जातीको संस्कृतिमा आधारित चलचित्र ‘खुर्पेटो’ले आगामी हप्ता ट्रेलर सार्वजनिक गर्ने भएको छ । तीन वटा गीत रिलिज गरिसकेको खुर्पेटो निर्माण पक्षले अन्तिम तथा चौथो गीत भने ट्रेलर सार्वजनिक गरेपछि मात्रै गर्ने जनाएको छ ।
“सिरैमा सिरफुल...’ हामीले कही दिन अगाडि मात्रै सार्वजनिक गरेका छौं,’ डान्स डाइरेक्टर समेत रहेका चित्र मगरले भने, “ आगामी हप्ता ट्रेलर सार्वजनिक गर्ने तयारी गरिरहेका छौं ।”
“सिरैमा सिरफुल...’ मा गायिका मुना थापा मगर र स्वरप्रसाद मगरको स्वर छ ।
चलचित्रको मूख्य भूमिकामा गायिका मुना थापा मगर छिन् । उनले भनिन्, “हाम्रै संस्कृतिमा आधारित चलचित्र भएकाले मैले पनि यसमा अभिनय गरेकी छु ।” ‘खुर्पेटो’ सिनेमा हलमा भने प्रदर्शन हुने छैन ।
राजेन्द्र आले मगरको निर्माण रहेको चलचित्र ‘खुर्पेटो’ लाई विकास मगरले निर्देशन गरेका हुन् ।