site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हैसियत जनताको खोज्ने कि नेताको ?

मानवीय हैसियतको अध्ययन सन् १९७० भन्दा अगाडिदेखि नै सुरुभएको हो । यसलाई विकासका आधार, मानवीय स्वतन्त्रता, अधिकारका लागि आधारभूत आधार भनी विश्लेषण, व्याख्या र प्रयोग संयुक्त राष्ट्रसंघदेखि  धेरै संघ सस्थाले गरेका छन् । नाजीवाद, फासिवाद, माओदेखि राममनोहर लोहिया, नेहरुदेखि टिटो र बुत्रोस बुत्रोस घाली देखि थाली, चम्चा र कमिला सम्मको हैसियत भएको ब्रह्माण्डमा फेस बुक ( सामाजिक संजाल ) चलाउने नेपालीको हैसियत प्रधानमन्त्रीजस्तो गरिमामय पदमा बस्ने व्यक्तिले नदेखेकाले आँखा खुलाउन यस लेखबाट प्रयास गरिएको छ ।               

व्यक्ति र पार्टीका नेतृत्वकर्ताको धारणा, सिद्धान्त्त, नीतिजस्ता विषयवस्तु समातेर सूचकांक प्रयोग गरी उसको हैसियत नाप्न सकिन्छ । समाजमा यसको अमर्त्य सेन, मार्था नुस्बमहरूले प्रयोग गरे । व्यक्तिले कसरी आफ्नो सामाजिक व्यवस्थापन गरेको छ ? सामाजिक बदलावसँगै आफ्ना व्यक्तिगत नीति, योजना कसरी बुनेको छ र बुन्दै जानेछ ? यो समय र स्थानको सुगठन (Time Framing र  Space Framing) सँगसँगै जान्छ । मानवीय स्वभाव, धर्म, आनीबानी, बेहोरा, वैयक्तिक क्रियाकलाप, सामाजिक मूल्य र मान्यताप्रतिको लगाव, कानुनको शासन, प्रजात्रान्त्रिक पद्धतिको पालना, अरूको वैचारिक मूल्य र मान्यताप्रति सद्भाव र मानव अधिकार – बोल्ने, लेख्नेआदि राज्यको कानुनभित्र रहने आचरण सबै हैसियत भित्रै पर्छन । यो विषयवस्तुगत स्वतन्त्रता, गणत्रान्त्रिक – प्रजात्रान्त्रिक पद्धति भएका मुलुकमा मानवीय विकास र भूमिमाथि आर्थिक र सामाजिक क्रियाकलप गर्न बहुआयामिक तरिकाले हेर्ने अपरिहार्य तत्त्व वा आधारभूत धरातल हुन् । राणाकाल, पञ्चायत कालमा हाम्रा बोल्ने लेख्ने अधिकार सबैजसो खोसिएका थिए । त्यसैकारण हामीले शुक्रराज, धर्मभक्त, दशरथ चन्द, गंगालाललाई गुमाउन पुग्यौ भने पञ्चायत कालमा सुखानीमा, इलाममा रत्नकुमारहरू, ओखलढुंगा काण्डहुँदै यज्ञबहादुर थापाहरू अनि भीमानमा ऋषि देवकोटा गुमाउन पुग्यौ । अर्थात्, उनीहरू मारिए ।

हैसियत भन्नासाथ समाजशास्त्रीहरू साध्य र साधनमा प्रकाश पार्नुपर्छ वा कुन विषयवस्तुमाथि हैसियतको प्रश्न उठाइएको हो सूचकांक प्रयोग गरेर व्यक्तिदेखि समाजसम्मको आर्थिक,  सामाजिक र राजनीतिक हैसियत पत्तो लगाउन सकिन्छ । एउटा गणत्रान्त्रिक मुलुकको प्रधानमन्त्रीले सामाजिक संजाल फेसबुक चलाउने  सामान्य नेपाली नागरिकको सामाजिक संजाल चलाउने क्षमताको हैसियतमाथि प्रश्न गरेर प्रतिबन्ध लगाउन सकिनेजस्तो धारणा व्यक्त गरेको पत्रपत्रिकाबाट सार्वजनिक भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सामाजिक संजाल फेसबुक के हो त ?

विद्यार्थी, महिला, बालबालिका, बृद्ध, युवाले सबैले आफ्ना विचार, धारणा, आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रका विषयवस्तुमा विचार पोख्ने, सिक्ने, ज्ञान लिने एउटा विश्वमै नाम कमाएको सामाजिक संजाल हो फेसबुक । के सामाजिक संजाल फेसबुक चलाउनेहरू हैसियत नभएकै हुन् ?  संसारकै विश्व प्रसिद्ध विश्वविल्यालयदेखि विभिन्न संस्था र संस्थानहरू यसमा सक्रिय छन् । के यो चलाउन नेपाली नागरिकले ‘हैसियत’ बनाउनु पर्छ ?  यत्रो देशकै अर्थतन्त्र ( मूलतः रेमिट्यान्स पठाएर) थाम्ने, पूरै राणा, पंचायत र राजतन्त्र फाल्ने नेपाली नागरिकले सामाजिक संजाल चलाउन हैसियत बनाउनु पर्नेभयो ? विश्वकै उत्कृष्ठ विश्वविद्यालयबाट अध्ययन गरिसकेका, अध्ययन गर्दैगरेका र तिनका नातेदार, आफन्तले फेसबुक चलाउन कस्तो हैसियत बनाउनुपर्छ ? साम्यवादको सपना देखाएर नेपाली आमा, दीदी, दाजुभाइ १७ हजार गुमाउन बाध्य पार्ने, अनि प्रधानमन्त्रीको कुर्सीमा बसेर गरिबीले पिल्सिएका सामाजिक संजाल फेसबुक चलाउने नेपालीलाई हेपेर क्रान्तिकारी प्रधानमन्त्रीले यस्तो  बोलन्छन् त ?  विश्वव्यापीकरण, समावेशी वृद्धि, संयोजनीयता, विश्वअभिशासन को जमानामा आफ्ना आर्थिक, राजनीतिक र सामाजिक क्रियाकलापको जबाफदेहिता, पारदर्शिता, कानुनी राज्यको अपहेलना र छिमेकी राज्य र सुप्रा, स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय पात्रसँग लम्पसार परेको लुकाउन, ढाक छोप गर्न गरिएको वा फालिएको ‘ट्रोजन हर्स’ हो । कि बेइमानी, मिचिएका मूल्य र मान्यता लुकाउने अश्त्र ? सूर्य नारायण छेकिन्छ्न् हत्केलाले ?  कि विक्रमको २००० सालतिर जन्मिएका जो अहिले ७३ वर्ष लागे, जस्ले राणा, पंचायत, बहुदलीय र गणत्रन्त्र भेटे ती सबै हाम्रा प्रधानमन्त्रीका लागि मरे ? अनुसन्धानका पत्रहरू जले ? हैसियत र विकास जोड्ने अमर्त्य सेन जीवितै छन् ।

Global Ime bank

 हामी सामान्य नागरिक प्रश्न गर्छौँ के देश तपाईँ चलाउँदै हुनुहुन्छ ? कि राष्ट्र तेस्रो शक्तिले चलाउँदै छ ?  हैसियत भन्नासाथ नेपालीको खुसी र सन्तुष्टि आउँछ । के यत्रो परिवर्तनपछि यो राज्यले दिएको छ ? के सन् १९९० पछिको बहुदलीय पद्धतिमा पार्टीहरुले नेपालीलाई आर्थिक, सामाजिक र राजनीतिक खुसी र सन्तोष दिएका छन् ?

फेसबुक चलाउने बहुसंख्यक नेपालीको भन्दा पार्टी चलाउने तपाईँ र अन्य पार्टीका नेतृत्वकर्ता केही सीमित व्यक्तिको राजनीतिक, आर्थिक र सामाजिक हैसियत हिजो र आज क्षमता र दक्षताको मूल्यांकन गर्न, नेपाली जनताले ज्यान अर्पेर तयार गरिदिएका सामाजिक पुँजीको विश्लेषण गर्न कठिन छैन । अमर्त्य सेनफगायतका  समाज शास्त्रीले अनुसन्धान गरेर सहज जो बनाइदिएका छन् ।  

सेन कै शब्दमा व्याख्या र विवेचना गर्दा नेपालका राजनीतिक पार्टीका अहिलेका नेतृत्वकर्ता प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र खुट्टो उचालेर प्रधानमन्त्री बन्न बसेकाको हैसियत सामाजिक पृष्ठभूम, श्रम बजार, विश्वव्यापीकरण, बजारको अवस्था र  काम, संस्थागत पद्धति र संस्कार अनि नेतृत्वदायी क्षमताका आधारमा हैसियत कति  हो ?  सामाजिक, आर्थिक र राजनीतिक नीति, क्रियाकलाप, यहाँहरूको हातमा परेका लगानी, स्रोत र साधनको प्रयोग – दुरुपयोग, शक्तिको दुरुपयोग र व्यक्तिगत क्षमता आदि इत्यादिको हैसियत सजिलै निस्कन्छ । यस प्रक्रियामा नेपाली जनताले दिएको वातावरण, तपाईँहरूको दक्षताले अहिलेसम्म नेतृत्व तहमा रहनेको कार्य गराइ, क्षमता, कामप्रतिको लगाव र कार्य सम्पादन क्षमताले सामाजिक संजाल चलाउने नेपालीको होइन यहाँहरूको सामाजिक पुँजी र हैसियत छर्लंग बनाएको छ । के हामी सोध्न सक्छौँ - लाउडा, सुडान र विद्युतीय आयोजनादेखि विकास आयोजनामा कमिसन र भ्रष्टाचार गर्ने हैसियत हो ? के साम्यवाददेखि प्रचण्ड पथ बोकाउँदै, सुरुंग कम्पनी खोली १७ हजार नेपालीको ज्यान लिनु यँहाको हैसियतभित्र नपर्नुपर्ने होइन ? महाकाली, पञ्चेश्वर, कर्णाली, अरुणजस्ता नदीनाला आफ्नो मुलुकलाई तल पारी अरूलाई जिम्मा दिनु कुन हैसियतभित्र लेखिएको छ ? शक्तिमा पुग्नासाथ ठूला पदमा रहेकालाई उपचार खर्चका नाममा करोडौं रुपियाँ बाड्नु कुन कानुनी दायरा र कुन हैसियतभित्र पर्छ ? विदेशी प्रधानमन्त्रीसँग राजदूत नराखी एक्लाएक्लै  देशका बारे निर्णय लिनु,  पूर्व मन्त्री, उपमन्त्री भएर विदेशी मन्त्रीका घोडा तबेलामा बैठक बस्न जाने हैसियतको कुन पुस्तकमा लेखिएको छ? राष्ट्रको प्रतिनिधित्व गर्दा पनि मर्यादाक्रमको ख्याल नराख्नु कहाँ र कुन हैसियतको पुस्तकमा लेखेको छ ?

 जीवन पद्धति, राम्रापुराना संस्थागत संरचना तेस्रो शक्तिको स्वार्थका लागि भत्काउनु,  तेस्रो शक्तिको स्वार्थ,  नीति र उद्देश्य अनुरूप काम गर्नु,  सामाजिक मूल्य र मान्यता, विश्वव्यापी मूल्यमान्यता राजनीतिक पार्टीको नेतृत्वमा बस्नेहरूले बिगारेका हुन् कि फेसबुक चलाउने नेपालीले ? विश्वव्यापी मूल्यमान्यताभित्रको नैतिक गुण हामीले स्खलित गराएका हौँ ? लगातार चलिरहने जीवन पद्धतिमा सबैले बाँच्न पाउने, आफ्ना हकअधिकार उपभोग गर्न पाउने, स्वतन्त्रता र जीवन जगत् चलाउने जैविक अधिकार जोन स्मिथ, जेरेमी बेन्थम र जोन लकले विश्लेषण गरेर यो युगमा त्यो गर्न पाइँदैन भनेका छन् जुन सेनको क्यापाबिलिटी सिद्धान्त मुताबिक छ । त्यसैले व्यक्तिमात्र नभएर संस्था मानिने प्रधानमन्त्रीको कुर्सीमा बसेको व्यक्तिले नेपाली नागरिकको हैसियत खोजेर आफ्नो कमजोरी लुकाउन तानाशाही मोह देखाउनाले के अहिलेसम्म कमाएको सामाजिक पुँजी जोगिएला ? यसैलाई शक्तिको धमास भनेर जोसेप बुट्लर र थोमस हबिसले व्याख्या गरेकाछन् । यसले अधोगतिको संकेत गर्छ ।              

फेसबुकमा लेख्नेहरूले अबको युग सम्झाउन सत्य र तथ्य लेख्दा हैसियतको प्रश्न उठाउनेसँग यी माथिका प्रश्नको उत्तर भेटिँदैनन् । भाग्नुपर्ने अवस्था आउन सक्छ । अहिले समय र नाकाबन्दीको पृष्ठभूमिले तयार गरेको संयोजकता (कनेक्टिविटी), विश्वव्यापीकरणको अस्थिर अवस्थालाई तगारो हाल्न लाम्पसार पर्नु कुन सामाजिक, आर्थिक र राजनीतिक हैसियतको धारा र उपधाराभित्र पर्छ ? यी सबै विषयवस्तु  केलाउन, मूल्यांकन गर्न सूचकांक प्रयोग गर्नु पर्छ । अझै प्रस्ट पारौँ -  मानव अधिकार र हैसियत सँगसँगै जाने २ तत्त्व हुन् भनेर व्याख्या गरेका छन् । यस युगमा जहाँ प्रत्येक राज्यभित्रका नागरिक संस्थागत सामिप्य, भौगोलिक सामिप्य सँगै स्थान र समय सुगठन (फ्रेमिङ)भित्र चलेका छन् त्यो कुनै पत्रकार, समाजसेवी र राज्यले रोकेर रोकिने अवस्थामा छैन । किनभने यो बाटो नवउदारवादी सिर्जनात्मक विध्वंशको बाटो हो । संस्थाभित्र रहेका प्रत्येक फ्याक्टरहरूले स्थानीय विकास, मानवीय विकास, आर्थिक वृद्धि सबै कुरा हैसियतसँग जोडिएको हुन्छ । तिनै सामाजिक, राजनीतिक, शैक्षिकक, आर्थिक हैसियत, दक्षता, प्रविधि र सीप भएका नेपालीले चलाएको हो सामाजिक संजाल ( फेसबुक ) । जघन्य अपराध गर्ने, सामाजिक मूल्य र मान्यता विरुद्ध लेख्ने र हाम्रो सामाजिक संरचना विरुद्ध बोल्ने मन्त्रीदेखि सामान्य नागरिकलाई  एउटै कानुन हुनुपर्छ । सामाजिक, राजनीतिक, आर्थिक विभेद पार्टीगत भाग बन्डाका नाममा तपाईँ पार्टी नेतृत्वमा बस्ने गरिरहनु भएको छ ।             

यसको समाधान एउटै छ । त्यो हो - अर्थराजनीतिका नीति, उद्देश्यमा पारदर्शिता, सहभागिता, राज्यभित्र र विश्वव्यापकताभित्रको सुशासन, जवाफदेही कार्यान्वयन गर्नु गराउनु । अनिमात्र यसको समाधान हुनेवाला छ  कि उत्तर कोरियाली शासन सापट लिये हुनेवाला छ । हैसियत र सामाजिक न्याय बारे अमर्त्य सेनले धेरै लेखेका छन् । त्यसको अध्ययन आजका शासकका लागि अनिवार्य छ ।

२०४६ सालपछिका पार्टीका नेतृत्व वर्ग र प्रधानमन्त्री दाहालको नेतृत्वदायी क्षमताभित्र रहेर आर्थिक, सामाजिक र राजनीतिक तथ्यांक शास्त्रको सूचकांक लगाउदा अक्स्फोर्ड विश्वविद्यालयका प्रोफेसर पाउल आनन्दले भनेजस्तो मानवीय जीवन सुखी र खुसी अनि आनन्दित बनाउने कार्य गरिएको पाइएला ? २००७ साल, २०३६ जनमत संग्रह, छिन्ताङ, हर्रेबर्रे, ओखलढुंगा, सुखानी, होलेरी, थवांग, ढाडमा टेकी घुचुकमा हान्ने, चेक खोसाखोस, प्रचण्ड पथ, मल्लिक आयोग,  बाह्र बुँदे, ०४६ हुँदै उपप्रधान मन्त्रीका घरभित्रबाट ज्वाईँ टेलिफोन चोरी गरी बेच्ने हैसियत नाखोज्लान् ? सांसद्ले पुरुष भएर सुत्केरीको चक्की खाएको प्रेसक्रिप्सन सामाजिक संजाल फेसबुक चलाउने  ‘हैसियत नभएका’ नेपालीले नखोज्लान् ? हैसियत नाप्न बहुआयामिक सूचकांकको आवश्यक पर्छ । मानवीय विज्ञानको क्षेत्रमा यो सबै शास्त्रसँग जोडिएको छ ।                        

 प्रधानमन्त्री संस्था हो । सार्वजनिक नेपाली जनताको हैसियत खोज्ने अधिकार ऊसँग हुँदैन । किनभने तिनै जनताको मानोले त्यो संस्था बनेको र पालिएको हुन्छ । प्रधानमन्त्री भन्ने संस्थालाई ज्ञान होस् - प्रत्येक हैसियत भएका नेपालीको साझा थलो सामाजिक सञ्जालमा आफ्ना भावना, विचार, आदशआदि पस्कन्छन । त्यहाँ पार्टीका नेताको भजनकिर्तन गरिँदैन । युवा पुस्ताले प्रजातन्त्रपछिको आर्थिक र सामाजिक विकास खोज्न थालेको देखिन्छ । अनुदार  प्रजात्रन्त्रको विकृति, लम्पसार वाद, विश्वव्यापीकरणको नीतिअन्तर्गतको दलालीकरण पद्धतभित्रको संयन्त्र, कर्मचारीत्रन्त्रको पुरानो संरचनाको अध्ययन गर्ने थलो पनि हो फेसबुक ।  आफ्नो स्पष्ट परिचय नबनाई हनुमानकारिता, कमिसन र भ्रस्टाचारमा लिप्त नेताको गुनगान गर्नेलाई पो कारबाही हुनुपर्ने हो । तर, यहाँ त उल्टो बग्दो छ गंगा ! 

      

  

                         

 

 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  १२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC