site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्ताव तयार भइसकेको बताएका छन् ।
सरकारका सय दिनका कामको बारेमा जानकारी गराउन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । पत्रकारले राखेको जिज्ञासाको जवाफमा उनले भने–“संविधान संशोधन प्रस्ताव तयार भएको छ । प्रस्तावमा प्रतिपक्षको पनि सहमति जुटाउने कोशिस भएको छ ।प्रतिपक्षको पनि सहमति जुट्यो भने संशोधन प्रस्ताव पारित हुन सहज हुनेछ र निर्वाचनमा जान सहज हुन्छ ।”
उनले २५ गते नै संविधान संशोधन प्रस्ताव दर्ता गराउने तयारी भए पनि प्रतिपक्षसँग सहमति जुटाउने प्रयासमा रहेकाले ढिलाई भएको बताए ।
“संशोधन प्रस्ताव २५ गते नै प्रस्ताव दर्ता गरौं भन्ने तयारी थियो,” उनले भने, “प्रमुख प्रतिपक्षी दलको नेता केपी शर्मा ओलीले संशोधन प्रस्ताव दर्ता गर्नुस् मेरो सहमति छ भन्नुभएको थियो तर पछि एमालेका केही नेताको अभिव्यक्ति आएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले फेरि छलफल गर्नुस् भन्नुभयो । त्यही अनुसार हिजो छलफल भएको हो, आज प्रतिपक्षी दलको नेतासँग कांग्रेस सभापति शेरबहादुर देउवाजीले पनि छलफल गर्नुभएको छ । अब हामी फेरि छलफल गरेर यही महिनाभित्रै संशोधन प्रस्ताव दर्ता गराउँछौं ।”
उनले केही जिल्लाको सिमांकन हेरफेर हुने, नागरिकता अन्तरिम संविधानबमोजिम नै हुने, राष्ट्रियसभामा प्रतिनिधित्व जनसंख्याका आधारमा बढी हुने र बाँकी सबै प्रदेशबाट बराबर बनाउने बारेमा पनि छलफल भएको जानकारी दिए ।
प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमा आउने टिकाटिप्पणी बढी दुरुपयोग भएको बताए । उनले भने,“सामाजिक सञ्जालमा आएका सकारात्मक टिप्पणीलाई त्यहीअनुसार नै लिएर अघि बढ्छौं । तर फेसबुकसहित सामाजिक सञ्जालमा धेरै नकारात्मक विषय आएर दुरुपयोगको खतरा बढेको छ । सोसल मिडियामा गलत टिप्पणी भाइरल हुने हुँदा यसमा पत्रकार पनि सचेत हुनुपर्ने देखिएको छ ।”
“सोसल मिडियामा गलत् टिप्पणी गरेर भाइरल हुने खतरा छ,” प्रधानमन्त्री दाहालले भने,“रियल जर्नालिष्टको लागि बढी चासोको कुरा हो । तपाइँहरुले बढी ध्यान दिनुहोला ।”
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७३  १८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC