site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

कावासोती, ३० असार । इलाका प्रहरी कार्यालय नवलपुरले बालक अपहरण प्रयास गरी फिरौती रकम माग्ने चारजनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

प्रहरीले रुपन्देही तिलोत्तमा–३ का २८ वर्षीय खड्कबहादुर सुनार, सोही ठाउँका २२ वर्षीय हेमबहादुर सुनार, नवलपरासी देवचुली नगरपालिका–१ का २० वर्षीय समुयल वराइली र सोही ठाउँका सन्दीप विकलाई पक्राउ गरेको  हो  ।

खड्क र हेमबहादुरलाई बुटवलबाट र सन्दीप र समुयललाई देवचुलीबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । सुनार दुई दाजुभाइ हुन् । प्रहरी नायब उपरीक्षक थापाले भने, “चारजना पक्राउ भए, बाँकी दुई जनाको खोजी भइरहेको  छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरुले बालक अपहरणमा प्रयोग गरेको ना ३७ प ५४८० नम्बरको रातो पल्सर २२० सिसीको मोटरसाइकल र दुईवटा मोबाइल समेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । मोटरसाइकल र मान्छे फरकफरक ठाउँमा पक्राउ परे, उनले भने, “घटना घटेको दुई घन्टामा मोटरसाइकल साटेर हिँडेका रहेछन् ।”  

गएको  फागुन  २७ गते विश्वज्योति आवासीय माध्यमिक विद्यालय, प्रगतिनगरमा कक्षा १ मा पढ्ने ७ वर्षीय प्रसिद्ध सापकोटालाई  रातो पल्सर मोटरसाइकलमा आएका तीनजनाले अपहरण प्रयास गरेका थिए ।

Global Ime bank

वरिपरिका बासिन्दाका कारण बालकलाई उनीहरुले लैजान सकेका थिएनन् । बालक लैजान नसके पनि पटकपटक पैसा दिनुपर्ने  नत्र जे पनि हुनसक्ने धम्की दिँदै बालकका बुबा विष्णु सापकोटासँग  रकम मोलमोलाई गर्ने व्यक्ति नै पक्राउ परेको इलाका प्रहरी कार्यालय नवलपुर प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।

रु एक करोडबाट रकम माग्न थाले पनि रु १० लाखसम्म भए पनि हुने उनीहरुले बताएको विष्णु सापकोटाले बताए । चोरीको मोबाइल प्रयोग गरी उनीहरुले धम्की दिएको प्रहरीले जनाएको छ ।

 

मोबाइलबाहेक पनि चैतको पहिलो हप्तासम्म कहिले भैरहवा र कहिले त्रिवेणीबाट फोन गरेर पैसा माग्थे, उनले भने, “प्रहरीले पक्राउ गरेर राम्रो गरेको छ, धन्यवाद प्रहरीलाई ।” प्रहरीले अपहरणकारीलाई सार्वजनिक गर्दा सापकोटा परिवार पनि उपस्थित थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७३  ०८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC