site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
एयरपोर्ट निरीक्षणमा प्रधानमन्त्री ओली
Sarbottam CementSarbottam Cement

नेपालका प्रधानमन्त्री कुनै ठाउँमा अचानक निरीक्षण गर्न गएका घटना बिरलै भेटिन्छन् । जनताले सरकारी सेवा पाउने सम्पूर्ण कार्यालयमा विद्यमान बेहालमा केही सुधार ल्याउने हो भने प्रधानमन्त्री ओलीले गरेजस्तो छड्के निरीक्षण सबैले गर्नुपर्छ । सरकारी कार्यालयमा हरेक वर्ष मर्मत र सरसफाइमा लार्खौ खर्च हुन्छ तर न बस्ने कुर्सी ढंगको हुन्छ न चर्पी । सरकारमा बस्ने माथिल्लो निकायका व्यक्तिले चासो नलिने र दोषीलाई कारवाही नहुने भएकैले जनताले पाउनुपर्ने सुविधा सरकारी कार्यालयले सधैँ कटौती गरिरहेका हुन्छन् । त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको आकस्मिक निरीक्षणलाई सकारात्मकरूपमा लिनुपर्छ । उनको यस कार्यलाई मिडियाले प्रचारप्रसार गरेमा उपल्लो तहका नेता र हाकिमलाई यस्तो काम गर्न प्रोत्साहन मिल्छ ।

नेपाली दैनिकमध्ये सरकारको सबैभन्दा तीव्र आलोचक नागरिकले ओलीको आकस्मिक विमानस्थल निरीक्षणलाई सबैभन्दा राम्रो स्थान दिएको छ । प्रधानमन्त्री ओली विनासूचना एयरपोर्टमा पुगेर सबैतिर निरीक्षण गरेको समाचारले नागरिक उड्डयन प्राधिकरणका विमानस्थल कार्यालयका कर्मचारीमा एक प्रकारले उत्साह संचार भएको हुनुपर्छ भने तिनलाई जिम्मेवार हुन पनि सचेत गराएको छ । शौचालय पुगेर पनि प्रधानमन्त्री ओलीले निरीक्षण गरेको तथा ब्यागेज बेल्ट पनि हेरेको समाचारले निश्चितरूपमा सकारात्मक परिवर्तनमा प्रधानमन्त्री ओलीले देखाएको चासोलाई जनताले समर्थन गर्ने देखिन्छ । सरकारी कर्मचारीले सेवाग्राहीलाई हेप्ने, दुःख दिने र कुनै फाइदा नलिई काम नगर्ने अन्य धेरै स्थान छन्, त्यहाँका कर्मचारीलाई पनि अब सचेत हुनुपर्ने अवस्था आएको छ ।

नागरिक पछि गोरखापत्रले यो आकस्मिक निरिक्षणको समाचार बनाएको छ । सो समाचार एक कोलमको मात्र छ । सधैँ औपचारिक समाचारमात्र दिन अभ्यस्त गोरखापत्रले भने यस समाचारको जनतामा कस्तो प्रभाव हुन्छ भन्ने नबुझेको देखिन्छ । वास्तवमा प्रधानमन्त्रीले कुनै पशुपंक्षी विकास सल्लाहकार समितिको उद्घाटन गरेको आजको तस्बिरभन्दा गोरखापत्रले विमानस्थल निरीक्षण गरेको तस्विरलाई मुख्य बनाएको भए ओली सरकारप्रतिको जनभावनामा धेरै सकारात्मक असर पथ्र्याे ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री ओलीको ठूलो समर्थक देखिएको राजधानी दैनिकले यो समाचार पाएन वा पाएर पनि ठूलो ठानेन ।

युरोकपका नाममा नेपालमा जुवा

Global Ime bank

कुनै पनि बहानामा जुवा खेलाएर पैसा कमाउने समूहका लागि भारतको आईपीएल क्रिकेट होस् वा अमेरिकाको कोपा अमेरिका कप फुटबल, सबै खेल ठूलो मौका बन्छ । अहिले भइरहेको युरोकपमा कहाँ कहाबाट कसरी मूल्य लगाएर सट्टा बजारको जुवामा नेपालीको पैसा लागिरहेको छ भन्ने केपी ढुंगानाको समाचारलाई कान्तिपुरले दुई कोलमको मुख्य समाचार बनाएको छ । ढुंगानाले समाचारलाई कुनै अदृश्य स्रोतको भनाइमा मात्र सीमित नराखी कारवाहीमा परेका मान्छेको नामसमेत दिएर सूचना विश्वसनीय बनाएका छन् । नेपालमा यस्तो जुवा बजारमा ककस्ले र कसरी जालो फैलाएका छन् भन्नेसमेत यो समाचारमा प्रष्ट भएको छ ।

सेयर कारोबार र परिसूचकको रेकर्ड

सेयर बजारले देशमा आर्थिक क्रियकलाप कति बढेको छ भन्ने देखाउने गर्छ । संसारमा सेयर बजारमा ठूलो ह्रास आयो वा यसले कुनै रेकर्ड बनायो भने सबै मिडियाको मुख्य समाचार हुन्छ । तर नेपालका मिडियालाई अझै सेयर बजारको उचाइ वा गिराइले प्रभाव पारेको देखिँदैन । तर आजको राजधानी दैनिकले भने यो समाचारको महत्व बुझेर करिब साढे दुई कोलमको दोस्रो मुख्य समाचार बनाएको छ ।

‘सेयर कारोबार र परिसूचक दुवैमा रेकर्ड’ शीर्षकको समाचारमा राजधानीका शिव दुवाडीले सेयरको कारोबार २ अर्ब १९ करोड रुपैयाँभन्दा माथि पुगेको जनाएका छन् । दवाडीको समाचारअनुसार सो रकम बढ्नुमा मुख्यतः नेपाल इन्स्योरेन्स कम्पनीको प्रवद्र्धक सेयरमा ठूलो लेनदेन हुनु हो । यस्तै नेप्से परिसूचक पनि ४ दशमलव ५६ प्रतिशत बढेर एक हजार छ सय १४ दशमलव १५ अंकमा पुगेको छ ।

सम्पादकीय

अमेरिकाको फ्लोरिडा राज्यको ओल्र्यान्डो सहरको एक समलिंगी क्लबमा गएर एक जना मुसलमान युवाले ५० जनाको नरसंहार गरेको र करिब त्यतिकै मानिसलाई घाइते बनाएको घटनाको संसारभर भत्र्सना भइरहेको छ । अहिले संसारैभरी बिस्तारै समलिंगी यौन व्यवहारलाई अप्राकृतिक मान्ने सोच घट्दै आइरहेको अवस्थामा यस्तो जघन्य हत्याले सबैलाई आतंकित बनाएको छ । आजका कान्तिपुर तथा नयाँ पत्रिकाले यो घटना सम्बद्ध सम्पादकीय लेखेका छन् । कान्तिपुरले यसलाई मानवताविरोधी क्रूर अपराध भनेको छ र यस्तो घटनाको जतिसुकै निन्दा गरेपनि कम हुन्छ भनेर सम्पादकीय टिप्पणी पनि गरेको छ । अमेरिकी समाज एक प्रकारले उदारवादी भए पनि हालका दिनमा अनुदारवादी घटना बढ्दै गएको भन्दै कान्तिपुरले रिपब्लिकन दलका तर्फबाट डोनाल्ड ट्रम्प राष्ट्रपतिको उमेदवार हुनुलाई पनि अनुदारवादी अर्थात ‘कन्जरभेटिभ’ एजेन्डाको आकर्षण देखिएको भनेको छ । कान्तिपुरले यो हत्या काण्डलाई अमेरिकामा जनताले आत्मसुरक्षाका लागि बन्दुक राख्न पाउने अधिकारसँग पनि जोडेको छ । तर अमेरिकी संविधानले दिएको यो अधिकार उदारवादी राष्ट्रपति बाराक ओबामाले पनि परिवर्तन गर्न नसकेको टिप्पणी पनि कान्तिपुरले गरेको छ ।

नयाँ पत्रिकाले यो नरसंहारको विषयमा सम्पादकीय लेखे पनि मुख्यतः अमेरिकामा व्यक्तिले बन्दुक राख्न पाउने अधिकारमा धेरै कुरा गरेको छ । नयाँ पत्रिकाले कुनैपनि व्यक्तिको सुरक्षाको अभिभारा ऊ स्वयंमा हुने कि सो जिम्मेवारी समाज र राष्ट्रलाई छाडिदिने भन्ने विषयमा प्रश्न गर्दै यो घटनाले यस्तो जिम्मेवारी राष्ट्रमा छाडिदिनु पर्छ भन्ने देखाएको जनाएको छ । अचम्म ! नयाँ पत्रिकाले यत्रो ठूलो घटनामा सम्पादकीय लेखेर पनि मानवताविरोधी यस्तो घटनाविरुद्ध भने एक शब्द लेखेको छैन । नयाँ पत्रिकाले यो घटनाको विरोध नगरेको अवस्थामा उसको राजनीतिक सोचमा भन्दा पनि मानवीयताका सम्बन्धमा उसको धारणामा प्रश्न उठन सक्छ ।

अन्नपूर्ण पोस्टले राज्यका उपल्ला तहका व्यक्तिको सुरक्षामा भइरहेको व्यवस्था र खर्चका सम्बन्धमा सम्पादकीय लेखेको छ । नेपालका नेता तथा कर्मचारीको सुरक्षा स्तर सुरक्षा खतराभन्दा सामाजिक आडम्बरका लागि हैसियत मापकका रूपमा देखिएको भन्दै पोस्टले यस्तो व्यवहारले राज्यको ढुकुटीमा अनावश्यक दबाब परेको पुष्टि गरेको छ । जनताको नाममा राजनीति गर्नेले जनताबाट डराउने स्थिति आउनु तिनले गरेको राजनीति जनहितमा नभएको भन्नेसमेत पोस्टले टिप्पणी गरेको छ ।

राजधानीले न्यायालयमा राजनीति विषयमा सम्पादकीय लेख्दै न्यायपालिकाको साख बढाउनु पर्नेमा जोड दिएको छ । गोरखापत्रले मधेसी र गठबन्धनसँग यथाशीघ्र वार्ता गर्नुपर्नेमा जोड दिएको छ । हिमालय टाइम्सले राजधानीमा सडक अनुशासन सुध्रेको कुराको समर्थनमा सम्पादकीय कोरेको छ भने नागरिकले नेताको नजिकका गैरसरकारी संस्थालाई अनावश्यक सहयोग गरेर राज्यकोषमा रजाइँ गर्ने प्रवृत्तिविरुद्ध सम्पादकीय लेखेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ७, २०७३  ०९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC