site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौँ । नेपालको तीनदिने भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जी र नेकपा (एमाले)का अध्यक्ष एवम प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीबीच शिष्टाचार भेटवार्ता भएको छ ।राष्ट्रपति मुखर्जी बस्दै आएको होटल ह्यातमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटका अवसरमा अध्यक्ष ओलीले राष्ट्रपति मुखर्जीको भ्रमणको सफलता र दुई देशको मित्रता अघि बढोस् भनी शुभकामना व्यक्त गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति मुखर्जीले भारतले नेपालमा स्थिरता होस्, राम्रो होस्, विकास होस् भन्ने चाहन्छ भन्ने कुरा सो अवसरमा राखेको अध्यक्ष ओलीले जानकारी दिए । ‘‘हामी नयाँ संविधान कार्यान्वयनको चरणमा छाँै, संविधान कार्यान्वयनको निम्ति अघि बढिरहेका छाँै’’ भन्नेबारेमा अध्यक्ष ओलीले राष्ट्रपति मुखर्जीलाई जानकारी गराएपछि उनले त्यसप्रति खुसी व्यक्त गरेका थिए ।

भेटका अवसरमा उपाध्यक्षद्वय वामदेव गौतम र भीम रावल, महासचिव ईश्वर पोखरेल, नेत्री अष्टलक्ष्मी शाक्य, डा राजन भट्टराईलगायतका नेता सहभागी थिए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७३  ०७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC