बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
मुलुक संविधान संशोधनको दिशाातर्फ गइरहेको छः महामन्त्री कोइराला
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, कात्तिक १२, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुक संविधान संशोधनको दिशाातर्फ गइरहेको अवस्थालाई दृष्टिगत गरेर सबै पक्ष गम्भीर हुनु आवश्यक भएको बताएका छन् । 
नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले भने,–नेकपा एमाले पनि संशोधनप्रति नकारात्मक छैन् । 
महामन्त्री कोइरालाले संविधान अत्यन्त राम्रो भए पनि परिमार्जनको आवश्यकता छ भन्दै नेपाली जनताको अभिप्राय अनुरूप संशोधन प्रक्रिया छिटो भन्दा छिटो सुरू गर्नुपर्ने धारणा राखे । 
संविधान कार्यान्वयनको चुनौतीमाझ राष्ट्रको भविष्य अत्यन्तै जटिलतार्फ गइरहेकाले संविधान संशोधन सन्दर्भमा सबैले मेरै गोरूको बाह्रै टक्का जस्ता विचारलाई त्याग्नु जरूरी भएको बताउँदै उनले दुईवटा प्रदेशको मागप्रति गम्भीर भएर सोच्न र यसबारे परामर्श गरी मिलन विन्दु खोज्नसमेत मधेसी मोर्चासँग आग्रह गरे ।  
एक प्रश्नको जवाफमा महामन्त्री कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाभियोगले राष्ट्रिय एजेन्डालाई केही हदसम्म प्रभावित पारे पनि त्यसलाई ओझेलमा पार्ने षड्यन्त्र होइन भने ।  
लोकमानलाई दिइएको अधिकार संशयको विषय हो भन्दै उनले महाभियोगको प्रस्तावले उत्पन्न तरङ्गमा सबैलाई संवेदनशील हुनु आवश्यक भएको धारणा राखे । 
महामन्त्री कोइरालाले स्थानीय निर्वाचन गराउनुभन्दा पूर्व नै प्रान्तको संरचना प्रस्ट हुनुपर्नेमा जोड दिँदै स्थानीय निकाय पुनःसंरचना आयोगद्वारा प्रस्तुत सङ्ख्या सन्दर्भमा गहन छलफलको आवश्यकता रहेको छ भने । रासस 
Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, कात्तिक १२, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्