विदेश
जापानमा प्रधानमन्त्री सिन्जो आबेको सत्तारुढ गठबन्धन माथिल्लो सदनको निर्वाचनमा अत्यधिक स्थानमा विजयी हुने अनुमान गरिएको छ। निर्वाचन भएका १२१ स्थानमा सत्तारुढ गठबन्धन विजयी हुने अनुमान मतदानपछिका सर्भेक्षणहरूबाट प्रक्षेपण गरिएको छ।
बीबीसीले जनाएअनुसार माथिल्लो सदनमा दुईतिहाइ बहुमत भएमा प्रधानमन्त्री आबेले एबेनोमिक्स भनिने आर्थिक सुधारलाई गति दिनेछन् भने जापानले युद्धमा भाग लिन नपाउने संवैधानिक प्रावधान हटाउन जनमत संग्रह गराउन सक्नेछन्।
प्रकाशित मिति: आइतबार, असार २६, २०७३ २०:३६
प्रतिक्रिया दिनुहोस्