site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मानिस हौं, भ्यागुतो होइनौं
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
एकजना वैज्ञानिक दिनहुँ जसो नयाँ नयाँ शोध गरिरहन्थे । एकपटक उनलाई के जंग चल्यो कुन्नि भ्यागुतोमाथि शोध गर्ने इच्छा जाग्यो । एउटा भ्यागुतो ल्याइयो । त्यसलाई भुलभुल उम्लेको पानीमा हाले र त्यसको प्रतिक्रिया हेर्न बसे । भ्यागुतो त्यो उम्लेको पानीमा पर्नासाथ बुर्लुक्क उफे्रर बाहिर भाग्यो । अर्कोपटक त्यही भ्यागुतोलाई चिसो पानी भएको भाँडामा हाले । भ्यागुता कुनै प्रतिक्रिया नजनाई आरामसाथ बसिरह्यो । तिनै वैज्ञानिकले त्यो भ्यागुतोसहित पानी भएको भाँडालाई आगोमा राखे । पानी बिस्तारै तात्न थाल्यो । हल्का तातो हुँदासम्म भ्यागुतो सहजरूपमा बस्यो । तापक्रम बढ्दै गयो । तातो बढ्दै गएपछि भ्यागुतो यता पल्ट्यो, उता पल्ट्यो, उत्तानो पर्यो, अनेक गर्दै आफूलाई बढेको तापक्रममा सहज बनाउँदै लग्यो । जब तापक्रम असह्य हुनपुग्यो अनि भ्यागुतो बाहिर निस्कन खोज्यो तर सकेन । बिस्तारै बढ्दै गएको तापक्रमसँगै आफूलाई ढाल्दै ढाल्दै जाँदा उसको शरीरमा  सञ्चित शक्ति सबै सकिइसकेको थियो । सबै शक्ति सकिएपछि कमजोर भएको भ्यागुतो पानीबाट बाहिर निस्कन नसकी मर्यो । यो सबै हेरिरहेका विद्यार्थीले उनलाई सोधे – सर भ्यागुतो किन मार्नु भो ? उनले भने – भ्यागुतोलाई मैले मारेको होइन, ऊ आफै मरेको हो । आफूलाई खतरा महसूस हुनासाथै फुत्त पहिलेजस्तै उफ्रेर बाहिर आएको भए त्यो मर्थ्यो होला र ? 
यस उदाहरणलाई यहाँ म हाम्रो बानी व्यवहारसँग जोड्न चाहन्छु । हाम्रो जीवनमा आफ्नो स्वास्थ्यले कहिल्यै प्राथमिकता पाउँदैन । साह्रै नै गाह्रो नभएसम्म वा थलै नपरेसम्म डाक्टरकहाँ गएर चेकजाँच गराउने चलन त छँदैछैन भन्दा पनि हुन्छ । शरीरमा साधारण समस्या देखिनासाथ डाक्टरको सल्लाह लिने गर्ने हो भने रोगले ठूलो रूप लिनै पाउँदैन । यसो गर्दा समय, पैसाको पनि बचत हुन्छ भने शरीरलाई रोगले गाल्न पनि पाउँदैन । सकेसम्म तातो पानी खाएर हुन्छ कि दुखाइ कम गर्ने औषधि खाएर हुन्छ घरमै रोग ठीक पार्ने कोसिस गरिन्छ । रोगले ठूलो रूप लिएपछि डाक्टरकहाँ पुग्दा रोग ठीक पार्न डाक्टरलाई पनि गाह्रो हुन्छ, बिरामीलाई पनि मुस्किल भइसक्छ । खर्च पनि त्यसैअनुसार बढ्छ । दैनिक कामकाजमा बाधा, तनाव आदि इत्यादि त छँदैछ ।
सन्दर्भ – मुटुरोगको । मुटुरोग लाग्नु भनेको एक किसिमको जटिल अवस्था हो । साधारण काम गर्दा पनि सास फुल्नु, हिँड्दा काम गर्दा छाती भारी हुनु, दुख्नु, साधारण अवस्थामा पनि मुटुको धड्कन बढेको महसुस हुनु, रक्तचाप (ब्लडप्रेसर) सामान्यभन्दा कम वा बढी हुनु, रगतमा कोलेस्टोरलको, सुगरको मात्रा बढिरहनु भविष्यमा मुुटुरोग लाग्ने लक्षण हुन् । यस्ता लक्षण पहिचान हुनासाथ डाक्टरको सल्लाहनुसार चेकजाँच गरेर उपचार गर्नेतर्फ लागियो भने आरामको जीवन जीउन सकिन्छ । हामीले साधारण ठान्ने ब्लडप्रेसरले मानिसको ज्यानै गएको उदाहरण प्रशस्तै छ ।
हाम्रो समाजमा ब्लडप्रेसरलाई उति महत्व दिएको देखिन्न । औषधि सधैँ खानुपर्छ र औषधिले किड्नी खराब गर्छ भन्ने भ्रम व्याप्त छ । तर हाइ ब्लडप्रेसको समयमै उपचार नगर्दा के कस्तोसम्म हुनसक्छ भन्ने त त्यस्तो समस्या भोग्ने वा प्रत्यक्ष देख्नेलाई नै थाहा हुन्छ । ब्लडप्रेसरको उपचार समयमै सुरु गरियो र ब्लडप्रेसर नियन्त्रणभित्रै राखियो भने भविष्यमा हुनसक्ने खराबीबाट बच्नसकिन्छ । होइन भने त्यही ब्लडप्रेसरले आँखाको खराबी, मिर्गौलाको खराबी, पक्षघात, हृदयाघातजस्ता समस्या निम्त्याउन सक्छ । 
काम गर्दा, हिँड्दा छाती दुख्ने, सास फुल्ने समस्या पनि मुटुृको रोगको लक्षण हुनसक्छ । छाती दुख्ने, सास फेर्न गाह्रो हुने मुटुकै कारण भएको हो र यसको पनि समयमै उपचार गरेन भने यसले मुटुलाई कामै नलाग्ने अवस्थामा पुर्याइदिने वा हृदयाघातसम्म पनि गराउनसक्छ । 
मुटुको ढुकढुकी बढ्ने समस्या मुटुको चालको गडबडीको कारण हो भने यसको पनि उपचार उपलब्ध छ – औषधि खानेदेखि अपरेसन गर्नेसम्म गर्न सकिन्छ । यस्ता समस्याको उपचार समयमै नगर्ने हो भने यसले कुनैपनि बेला ज्यान पनि लिनसक्छ । 
मुटुको भल्भको समस्याले सुरुसुरुमा सास फेर्न गाह्रो हुने, ढुकढुकी बढ्ने आदि समस्या गर्छ । अवस्था बिग्रदै गए खुट्टा सुन्निनेसम्म पनि गराउँछ । भल्भको समस्या भएका बिरामीमा भल्भको अवस्था हेरी दिनहुँ औषधि खानेदेखि अपरेसन गर्नेसम्मका उपचार गरिन्छ । खाने औषधिले भल्भलाई पूर्ण ठीक नगरे पनि बिरामीको मुटुलाई अरू बिग्रन दिँदैन र अपरेसन गर्नुपर्ने अवस्थालाई धेरै हदसम्म पर सारिदिन्छ । त्यही भल्भको समस्याको उपचार समयमै सुरु नगरेर कतिको ज्यानै गएको पनि देखिएको छ । 
जन्मजात हुने मुटुका समस्या पनि धेरै किसिमका हुन्छन् । कतिमा औषधि सेवन गर्नुपर्ने हुन्छ भने कतिमा केही पनि गर्नुपर्दैन अनि कतिमा चाहिँ बच्चाको मुटुको अपरेसनै गर्नुपर्ने हुन्छ । 
हृदयाघात अर्को खतरापूर्ण अवस्था हो । मुटुका रक्तनलीमा अवरोध (ब्लक) भए नभएको विभिन्न जाँचद्वारा अगाडि नै पहिचान गर्न सकिन्छ । अवरोध भएको देखिएमा समयमै उपचार गरेर भविष्यमा हुने हृदयाघातबाट जोगिन सकिन्छ । ह्दयाघातको उपचार खर्चिलो छ, जीवनभर औषधि सेवन गर्नुपर्छ । एक पटक हृदयाघात भएमा फेरि पनि हुनसक्ने जोखमि रहिरहन्छ । हाम्रो देशमा हृदयाघातको उपचार त्यति सुलभ पनि छैन । हृदयाघात भएमा समयमै आवश्यक उपचार पाए मानिसले नयाँ जीवन पाउनसक्छ भने त्यही हृदयाघातकै कारण मानिसको मृत्यु भएको पनि प्रशस्त देखिएको छ । समयमै आफ्नो स्वास्थ्यमा ध्यान दिने हो भने यस्तो खतराबाट पनि बच्न सकिन्छ । 
बेलाबेलामा चक्कर आउने, आँखा अगाडि कालो पर्दा लागेजस्तो भएर एकैचोटि ढल्ने, बेहोस हुने र तत्कालै होस आउने लक्षण पनि मुटुसँग सम्बन्धित हुनसक्छन् । विशेषगरी मुटुको चालको गडबडी भएमा, मुटुको गति कम भएमा यस्ता लक्षण देखिनसक्छन् । यसको पनि समयमै उपचार गरे भविष्यमा हुनसक्ने खतराबाट जोगिन सकिन्छ ।
हामी मानिस हौँ, भ्यागुतो होइनौ । रोग सुरु हुँदा जहिले पनि केही न केही लक्षण पक्कै देखिन्छ । लक्षण देखिना साथै स्वास्थ्यप्रति गम्भीर हुनु जरुरी छ । आफूलाई समस्या भएको थाहा पाएपछि पनि यस्तै हो, भोलि जाउँला, पर्सि जाउँला, यतिले के भइहाल्छ र ? भन्दै बस्ने हो भने त्यही वैज्ञानिक प्रयोगको भ्यागुताको जस्तो अवस्थामा पुगिनेछ । 
मुटुरोग विशेषज्ञ  
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७३  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC