site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
अरिंगालले चिलेको साता
Sarbottam CementSarbottam Cement

गत शनिवार अर्थात भदौ ३१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध चौतर्फी आक्रमण हुँदा पनि पार्टीका नेता तथा कार्यकर्ता केही नबोलेर चुपचाप बसेको तर्फ इंगित गर्दै अरिंगालले जस्तै एकजुट भएर प्रत्याक्रमण गर्न आग्रह गरेका थिए । एउटा अरिंगाललाई चलायो भने सिंगो गोलै खनिएर जाइलाग्ने अरिंगालको स्वभावको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले आफ्ना कार्यकर्तालाई देशी तथा विदेशी प्रतिक्रियावादीविरुद्ध जाइलाग्न आह्वान गरेका थिए । 

यो समाचारलाई हिमालय टाइम्सले आइतबारको पत्रिकामा सबैभन्दा महत्त्वका साथ प्रथम पृष्ठमा प्रकाशित गर्‍यो । कान्तिपुर तथा नागरिकले पनि प्रधानमन्त्रीको आह्वानको महत्त्व बुझेर सोही दिन प्रथम पृष्ठमा सानो भए पनि सो समाचारलाई स्थान दिए । अरिंगाल बन्ने आह्वान गएको साताभर सामाजिक संजालको चर्चाको विषय भयो भने दैनिक पत्रिकामा पनि यस विषयमा निकै लेख र समाचार प्रकाशित भए । 

सोमवार हिमालय टाइम्सले सशक्त दनक दियो प्रधानमन्त्रीलाई । टाइम्सका अनुसार पहिले डा. केसीको विषयमा पनि कार्यकर्ता बोलेनन् भनेर ओलीले हप्काए अनि तत्कालीन कानुन मन्त्री जथाभावी बोलेर पदै गुमाउन पुगे । अब पनि ओलीले यसरी निर्देशन दिनु ठीक नभएको टाइम्सको ठहर थियो । प्रधानमन्त्रीको काम जनतामा आशा छर्ने हो तर अब परिणाम पनि देखाउने समय आएकोले सरकारको विरोध भएको टाइम्सको ठहर छ । साथै सरकारमा बसेर सधैंँ समर्थन र वाहवाही पाउन संभव नभएको र अरिंगालजस्तै जाइलाग्नु भन्ने निर्देशन सरकारको लागि नै प्रत्युत्पादक हुने टाइम्सले भविष्यवाणी गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अरिंगालको विषयलाई नयाँ पत्रिकाले मंगलवारको सम्पादकीयमा ‘प्रधानमन्त्रीको अहम्’ भन्ने शीर्षक दियो । प्रधानमन्त्रीले कार्यकर्ताबाट अपेक्षा गरेको कामले गर्दा प्रधानमन्त्री आफूले गल्ती गर्दा पनि सबैले प्रशंसा गरुन् भन्ने मनःस्थितिबाट प्रेरित भएको र उनमा अहम् विकास भएको नयाँ पत्रिकाले लेखेको छ । सो पत्रिकाले प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूलाई उपेक्षा गर्दा उनको आफ्नै उपलब्धि पनि कमजोर हुने सम्झाएको छ ।

‘संविधान र अरिंगालको संक्रमण’ शीर्षकमा पुरुषोत्तम दाहालले नागरिकको बुधबारको अंकमा निकै सशक्त लेख लेखे । दाहाल लेख्छन् – प्रधानमन्त्री आफै निहुँ खोज्दैछन् । के सात महिनाका असफलता ढाकछोप गर्ने बहानाका रूपमा यस्ता उत्तेजक अभिव्यक्ति दिँदै हुनुहुन्छ ? भन्ने प्रश्न गर्दै दाहाल लेख्छन्, कि साँच्चै उहाँ यो परिवर्तनविरुद्ध प्रतिक्रान्तिको राजमार्ग निर्माण गर्ने खेलमा सक्रिय हुनुहुन्छ ? लेखकले सो विषयमा प्रधानमन्त्रीको जवाफ पनि मागेका छन् ।

Global Ime bank

मंगलवारको हिमालय टाइम्सले प्रधानमन्त्रीले अरिंगालको विषयमा बोलेको कुरा प्रतिनिधि सभाको बैठकमा प्रवेश गरेको समाचारलाई मुख्य बनाएको छ । विपक्षी दलका नेताले कतै प्रधानमन्त्रीले विपक्षीमाथि जाइलाग्न उक्साएको त हैन भन्ने प्रश्न गरेका छन् ।  

नागरिकको बुधबारकै अंकमा रविन साय्मिले प्रम ओली रूपको अरिंगाल दम्भ, अहंकार र असहिष्णु भावले हातमा हथौडा र हँसिया लिएर जनतामा आक्रमण गर्दै गरेको कार्टुन बनाएका छन् । बुधबारको नयाँ पत्रिकामा रवि मिश्रले जनता रगतको आहालमा डुबेर सरकार खोज्दै गरेको र प्रम ओली भने विरोध र जनआक्रोशमा डुबेर अरिंगाल कहाँ छन् भन्दै खोज्दै गरेको सशक्त कार्टुन बनाएका छन् । 

शुक्रवारको कान्तिपुरको दृष्टिकोण पृष्ठमा उज्ज्वल प्रसाईं लेख्छन् – भारतमा स्टालिनवादी कार्यकर्ता अरिंगाल बन्दा गरिब किसानले दुःख पाए, बजारले लाभ लियो । यताका उस्तै कार्यकर्ता अरिंगाल जसरी जाइलाग्न थाले भने आमवृत्तमा स्वतन्त्र विमर्श गर्नेहरूले दुःख पाउनेछन् । अरिंगालको सक्रियता बढ्न थाले सिंगो लोकतान्त्रिक व्यवस्थाले संकट बेहोर्नेछ । सोही दिन श्रीकृष्ण अनिरुद्ध गौतमले पनि कान्तिपुरमा अरिंगालहरू पनि प्रधानमन्त्रीसँग आजका मितिमा उनको शासन व्यवस्थासँग खुसी नभएको कुरा उठाएका छन् ।  
अन्नपूर्ण पोस्टले शुक्रवारको शैली पृष्ठमा अरिंगालको विषयमा कुन व्यक्तिले सामाजिक संजालमा के के पोष्ट गरे भन्ने समाचार बनाएको छ । 

अन्य समाचार

गत साता भएका अन्य घटनामा संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदमा सिफारिस गरेका नवीनकुमार घिमिरेलाई संसदीय सुनुवाई समितिले अनुमोदन गरेको र उनले अनुमोदन भएकै दिन अर्थात् शुक्रवार पद तथा गोपनीयताको शपथ पनि रहेको छ । 

प्रधान न्यायाधीशका लागि संवैधानिक परिषद्ले सिफारिश गरेको तर संसदीय सुनुवाइ समितिले अनुमोदन नगरेका सर्वोच्च अदालतका न्यायाधीश दीपक जोशी विरुद्ध सरकारले महाभियोगको तयारी गरेको समाचार पनि शुक्रवारका पत्रिकाले समाचार बनाएका छन् । 

भारतीय सेना प्रमुखको अभिव्यक्ति

भारतीय सेना प्रमुख विपिन रावतले ‘भौगोलिक वाध्यता’ का कारण नेपाल र भुटान चाहेर पनि भारतबाट टाढा जान नसक्ने बताएका छन् । उनको भनाइको आशय भौगोलिक कारणले पनि चीनतर्फ ढल्किन यी मुलुकलाई अप्ठेरो हुने भन्ने देखिन्छ । विमस्टेक राष्ट्रको संयुक्त सैनिक अभ्यासमा नेपालले अन्तिम समयमा भाग नलिने घोषणा गरेको सम्बन्धमा भारतीय सेना प्रमुखको यो धारणलाई अर्थपूर्ण रूपमा लिइएको छ । नेपाली पत्रपत्रिकामा यो समाचारले पनि गत साता महत्त्व पाएको थियो ।  

पेट्रोलियममा मूल्यवृद्धि, अभाव

गत साताको अर्को पेट्रोलियम पदार्थको मूल्य वृद्धि हो । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य सोमवार देखि बढाएको छ । सो अनुसार अब पेट्रोल २ रुपैयाँ बढेर ११४ तथा डिजेल मट्टितेल दुवैमा तीन रुपैयाँ बढाएर १०१ रुपैयाँ पुगेको छ । त्यस्तै बिहीवार देखि पेट्रोल ढुवानीकर्ता चालकले हड्ताल गरेको कारण राजधानीका पम्पमा लामो लाइन देखिएको छ । नेपाल आयल निगमले शनिवार देखि आपूर्ति सहज हुने बताएको छ । 

निर्मला पन्त बलात्कार तथा हत्यामा नयाँ मोड

सरकारले कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्तको बलात्कार तथा हत्याको सन्दर्भमा सुरुबाटै अनुसन्धान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीले निर्मलाका आमाबाबुलाई पनि भेटेर दोषीमाथि कारवाही हुने दृढता देखाएपछि यो घटनाले नयाँ मोड लिने आशा पलाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०७५  ०७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC