site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सन नेपाल लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र जनताबैंकको तर्फबाटप्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले हस्ताक्षर गरे ।

यस सम्झौता अन्र्तगत जनता बैंकका सम्पूर्ण ग्राहकले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् । उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु जनता बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुने बताइएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कारोवार शुरु गरेको ९ महिनामा वैदेशिक रोजगार बीमा बाहेक बिभिन्न ११ प्रकारका बीमा योजनामा ९ हजार ८ सय २१ पोलिसी बिक्री गरी कुल २९ करोड ६९ लाख ७५ हजार ६ सय ६५ रुपैँया रुपैयाँ प्रिमियम संलकन गरेको छ । कम्पनीले निकट भविष्यमा आफ्नो चुक्ता पुँजी २ अर्ब पु¥याउन ६० करोड मुल्यकोे आईपीओ सेयर सर्वसाधारणमा बिक्रीको लागि ल्याउन लागेको जनाएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, असोज १, २०७५  ०८:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro