site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फोनपे र भिसाबीच साझेदारी, क्यूआरबाटै भुक्तानी गर्न सकिने

काठमाडौं । नेपाली कम्पनी फोने पे र भिसाबीच साझेदारी भएको छ । यस साझेदारीले नेपाल आउने पर्यटकले अब क्यूआरबाटै पेमेन्ट गर्न सक्ने भएका हुन् । 

विश्वव्यापी डिजिटल भुक्तानी क्षेत्रका अग्रणी कम्पनी भिसाले नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकहरूलाई फोनपेको क्यूआर प्रणालीमार्फत भुक्तानी ‘स्क्यान टु पे’ सुविधा सुरु भएको हो । यस सहकार्यले भिसा कार्ड प्रयोग गर्ने अन्तर्राष्ट्रिय पर्यटकहरूको लागि नेपालमा सीमापार भुक्तानीलाई सुरक्षित, सहज र सुविधाजनक बनाउनेछ ।

भिसा र फोनपेको यो ‘स्क्यान टु पे’ सुविधाले नेपालभरिका १५ लाखभन्दा बढी क्यूआर व्यवसायहरूमा भिसा कार्डबाट भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

अन्तर्राष्ट्रिय पर्यटकले आफ्नो मनपर्ने डिजिटल वालेट एपमा टोकनाइज्ड भिसा कार्ड जोडेका छन् भने, उनीहरूले नेपालमा फोनपे क्यूआर स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro