site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

निर्मलाका आमाबाबु न्याय खोज्दै सुदूर पश्चिमको कञ्चनपुरबाट राजधानी काठमाडौं आएका छन् । स्थानीय प्रहरी, प्रशासन र राजनीतिक नेतृत्वले हत्यारा खोज्न हैन प्रमाण मेटाउन लागिपरेको उनीहरूको आरोप र गुनासो छ । विशेषगरी अहिले निलम्बन रहेका तत्कालीन स्थानीय प्रहरी प्रमुखले बढी नै ज्यादती गरेको निर्मलाका आमाबाबुमात्र हैन घटनाबारे जानकारी राख्नेहरूले बताएका छन् । स्थानीय प्रहरी निर्मलाका हत्यारा जोगाउन लागेको देखेपछि आक्रोशित कञ्चनपुरवासीले सडकमा उत्रेर विरोध गरेपछि सरकारले केही सक्रियता त देखायो तर परिणाम देखिएको छैन । प्रहरीले अभियुक्तका रूपमा प्रस्तुत गरेको व्यक्ति डीएनए परीक्षणबाट निर्दोष ठहरिएपछि अनुसन्धानकर्ताको नियत र क्षमता दुवैमा प्रश्न उठेकोे छ । सायद, यही कारणले ठेलामा पानीपुरी र चटपटे बेचेर गुजारा चलाउने निर्मलाका आमाबाबु न्याय खोज्न आएका राजधानीसम्म हुन् । निर्मला हत्या प्रकरणमा प्रहरीको भूमिका र राजनीतिक संरक्षणको सन्देहले पञ्चायतको उत्तरार्धतिर पोखरामा भएको नमितासुमिता हत्याकाण्डको सम्झना गराएको छ ।  

निर्मलाको बलात्कारपछि हत्या गरिएकोमा अब सायद सन्देह छैन । तर, प्रहरीले नै प्रमाण संरक्षण गर्नुको साटो मेटाएको देखिएकाले घटना केही समयपछि सामसुम हुने सन्देह गर्नु अस्वाभाविक होइन । प्रधानमन्त्री केपी ओली स्वयंमाथि समेत गलत सूचना प्रवाह गरेर ‘अनुसन्धान प्रभावित हुनेगरी अभिव्यक्ति दिएको‘ आरोप लागेको छ । ‘जनतासँग प्रधानमन्त्री’ नामक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘निर्मलाको शव नगरपालिका प्रमुखको घरमा लगेको‘ भन्दै आपत्ति प्रकट गरेका थिए । यथार्थमा निर्मलाको शव नगरपालिका प्रमुखको घरमा लगिएकै थिएन । सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्मलाका आमाबाबुले सबैभन्दा बढी शंका गरेका व्यक्तिहरूको पक्षमा पनि अभिव्यक्ति दिएका थिए । प्रदेश ७ को सरकारको मौनले पनि यस घटनालाई थप रहस्यमय बनाएको छ । नमिता सुमिताको हत्या पनि बलात्कारपछि भएको थियो । तिनको बलात्कार तथा हत्यामा भारदारहरूको संलग्नताको शंका गरिएको थियो । केही समयपछि घटना सामसुम भएको थियो । 

निर्मला हत्याकाण्डको विषय प्रतिनिधि सभामा उठेपछि सभामुखले सरकारलाई सदनमा जानकारी दिन आदेश दिएका छन् । विपक्षी दलका सदस्यहरूले प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेपछि सभामुखले सरकारलाई आदेश दिएका हुन् । विपक्षी सांसदहरूले ‘दोषीलाई सरकारले संरक्षण गरेको’ आरोप लगाएका छन् । सञ्चार माध्यमबाट सार्वजनिक भएका विवरणले मात्रै पनि निर्मला पन्त बलात्कार तथा हत्यामा उच्च पदस्थ अधिकारीको संरक्षण पाएको व्यक्तिको संलग्नता हुनसक्ने अनुमान सहजै हुन्छ । सायद यही कारणले प्रहरीले प्रमाण मेटाउने प्रयास गरेको हुनुपर्छ । निर्मलाको लास जलाउन हतार गर्ने मामा भनिएको व्यक्ति, घटनास्थलमा निर्मलाको शरीरबाट रगत र सम्भवतः वीर्य पखाल्ने महिला तथा मारिनुभन्दा पहिले निर्मला गएको घरका बासिन्दा र छरछिमेकीहरूसँग प्रहरीले राम्ररी सोधपुछ गरिए त रहस्य पत्ता लाग्नुपर्ने हो । नमिता सुमिता काण्डमा घटनाको प्रत्यक्षदर्शी चुडामणि नामका वनपालेको समेत हत्या भएको थियो । निर्मला हत्या काण्डका बारेमा संसद्लाई जानकारी दिँदा पनि सरकारले अहिलेसम्म जस्तो आलटाल गरेरै टार्न खोज्यो भने त्यो ठूलो दुर्भाग्य हुनेछ । निर्मलाले न्याय पाउन् भन्नेहरूलाई सरकारले वैरी नठानोस् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०७५  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !