site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनद्वारा १८ महिनापछि भारतमा राजदूत नियुक्त
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतमा करिब डेढ वर्षदेखि चीनले राजदूत पठाएको थिएन । यति लामो अवधिपछि चीनका राष्ट्रपति सी जिनपिङले नयाँ राजदूत नियुक्त गरेको प्रंसगले भारतीय मिडियामा प्राथमिकता पाएको छ । 

टाइम्स अफ इन्डियाले आफ्नो पहिलो पेजमा प्रकाशित गरेको समाचारमा १८ महिनापछि चीनले असाधारण हिसाबले शुई फीहांगलाई भारतका लागि राजदूत नियुक्त गरेको जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसबारेमा औपचारिक घोषणा नभए पनि चीनको विदेश मन्त्रालयले समाचार एजेन्सी पीटीआईसँगको कुराकानीमा अफगानिस्तान र रोमोनियामा राजदूत भइसकेका शुई भारतका लागि चीनका राजदूत हुने पुष्टि गरेको छ । 

अर्काे अखबार द हिन्दूले पनि ६० वर्षीय शुईले चाँडै दिल्लीमा आफ्नो कार्यभार सम्हाल्ने जनाएको छ । यसअघिका चिनिया राजदूत सन विडांग २०२२ को अक्टोबर महिनामा आफ्नो कार्यकाल पूरा गरेर फर्केपछि चीनले भारतमा राजदूत नियुक्त गरेको थिएन । विडांग भारतका लागि राजदूत हुनुअघि पाकिस्तानका लागि चीनको राजदूतको रूपमा समेत काम गरेका थिए । उनी अहिले चीनको विदेश मन्त्रालयमा दक्षिण एसिया मामिला हेर्ने उपविदेशमन्त्री रहेका छन् । 

Global Ime bank

अहिले शुईको नियुक्ति भारत र चीनबीच लामो समयदेखि चलिरहेको सैन्य गतिरोध समाधान गर्नका लागि भइरहेको वार्ताको क्रममा भएको छ । दुई देशको सम्बन्धमा मे २०२० मा लद्याखमा भएको हिंस्रक सैन्य झडपपछि तनावपूर्ण मानिन्छ । यसपछि दुवै पक्षले कोर कमाण्डर तहमा २१ पटक वार्ता गरिसकेका छन् । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १०:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement