site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अब सजिला फिल्म खेल्दिनँ
Sarbottam CementSarbottam Cement

– अभिषेक बच्चन


अभिनेता अभिषेक बच्चनले आफ्नो करिअरको शुरुवाती दिनमा पूरै एक दर्जन फ्लम फिल्मको सामना गरे । फ्लपको लामो सूचीबीच ‘युवा’, ‘एलओसीः कारगिल’ र ‘रन’को सफलताले थोरै राहत पक्कै मिल्यो तर त्यसले कुनै ठोस प्रभाव पारेन । बारम्बार फ्लप भइरहेका फिल्मका कारण चिन्तित अभिषेकले फिल्मबाट केही समय ‘ब्रेक’ लिए । अहिले अनुराग कश्यपको ‘मनमर्जियाँ’बाट उनी पुनः ठूलो पर्दामा देखिन लागेका छन् । १४ सेप्टेम्बरमा प्रदर्शन क्रम हुने यो फिल्ममा तापसी पन्नु र विक्की कौशल मुख्य भूमिकामा देखिनेछन् । यसमा अमित त्रिवेदीको संगीत छ । ‘तनु वेड्स मनु’ र ‘रान्झना’ निर्माण गरेका आनन्द एल रायले ‘मनमर्जिया’मा पैसा लगानी गरेका छन् । अभिषेकको जबर्जस्त कमब्याक ठानिएको ‘मनमर्जिया’सँगै उनको जीवनबारे ‘नवभारत टाइम्स’ले गरेको कुराकानीको अनुदित अंशः


‘युवा’, ‘गुरु’, ‘ब्लफमास्टर’ र ‘बन्टी और बब्ली’जस्ता फिल्ममा तपाईंको भूमिकालाई लिएर खुबै प्रशंसा भयो । तर, त्यसपछि पनि तपाईंका दर्जनभन्दा बढी फिल्म चलेनन् । आफ्नो यो असफलताको कारण तपाईंलाई थाहा छ ?

Prabhu Bank
Agni Group
NIC Asia

यदि यो प्रश्नको उत्तर फिल्म उद्योगका कसैसँग पनि हुन्थ्यो भने उनीहरूले हिट फिल्ममात्रै बनाउँथे । हामीले प्रयास गरिरहनुपर्छ । हामीले काम गर्दा त्यो काम ठीक र सही छ भन्ने ठानेरै मेहनत गरिरहेका हुन्छौं । अरुले त्यही कामलाई कसरी लिन्छन् भन्ने कुरा हामीलाई थाहै हुँदैन । हामीले आफ्नो जीवनमा यो कुरा जान्नु जरुरी छ— जुन कुरा माथि जान्छ, त्यो तल पनि झर्छ । हामीले गर्न सक्ने भनेको मेहनत हो । पहिलेको फिल्ममा के गल्ती भयो, त्यसलाई सुधार्न प्रयास गर्ने हो । त्यो गल्ती सुधारेर आगामी फिल्ममा कसरी बढीभन्दा बढी प्रभाव पार्ने भनी सोच्ने हो । हामीलाई सफलताको कुनै सिधा प्रक्रिया थाहा हुँदैन । मैले बुझेसम्म कुनै पनि कलाकारलाई त्यसको छनक हुँदैन । यो सबै दर्शकको हातमा हुन्छ ।

पिता (अमिताभ बच्चन)सँग तपाईंको काम धेरै तुलना हुँदा त्यसको बोझका कारण आफू असफल भएको जस्तो लाग्यो कहिल्यै ?

Global Ime bank

बुवासँग तुलना गरेर म असफल भएँ भन्ने कुरामा मलाई कत्ति विश्वास छैन । यदि बुवासँग तुलना गरिएको हो भने पक्कै मभित्र केही न केही हुनुपर्छ ।


फिल्म फ्लप भएपछि एक–अर्काले हिलो छ्याप्ने प्रवृत्ति बाक्लो छ । तपाईं त्यसमा पर्नुहुन्छ कि नाइ ?

मैले गरेको काम राम्रो हुँदाहुँदै फिल्म हिट भएन भने पनि मेरो गल्ती हो । यदि मेरो काम धेरै नै राम्रो भएको छ भने फिल्म पनि राम्रै हुनुपर्छ । जुन फिल्मको व्यापार राम्रो रह्यो, ती फिल्मको श्रेय मैले पनि लिएको छु । जति असफल भएका छन्, तिनीहरूको श्रेय पनि मैले नै लिएको छु । फिल्म सधैं टिमवर्क हो । फिल्म राम्रो चल्यो भने त ठीकै छ । यदि राम्रो भएन भने त्यसबाट सिक्ने हो । गल्ती सुधार्दै अघि बढ्ने हो । फिल्म फ्लप भएपछि एक–अर्कालाई हिलो छ्याप्ने प्रवृत्ति मलाई मन पर्दैन ।

सफलताले मान्छेलाई विनम्र बनाउँछ । असफलताले साहस सिकाउँछ । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने हामीले दुवै अवस्थाबाट सिक्नुपर्छ । सिकेनौं वा सिक्न चाहेनौं भने हामीले पक्कै केही गलत गरिरहेका छौं ।

फिल्म सफल वा असफल हुनुले कलाकारलाई कुन हदसम्म असर पार्छ ?

फिल्मको सफलता वा विफलताबाट यो उद्योगका धेरै मान्छे धेरै प्रभावित हुन्छन् । जीवनका महत्वपूर्ण यी दुई अवस्थाले तुरुन्तै मान्छेको दृष्टिकोण बदलिदिन्छन् । भोलि मेरा १० फिल्म हिट भए भने हरकोही मलाई साइन गराउन लाइन लाग्छन् । तीन वटामात्रै फिल्म फ्लप भए भने कसैले फोन उठाउँदैनन् । ठूलाठूला सुपरस्टारको हकमा पनि यस्तो भइरहन्छ । यो नयाँ कुरा होइन । त्यसैले व्यक्तिगत रूपमा लिनु हुँदैन । किनभने समग्रमा यो एक व्यापार न हो ।

यी सफलता/असफलताबाट सिकेर तपाईंले भोलिको आफ्नो फिल्मी जीवन कस्तो देख्नुभएको छ ?

अब मैले कुनै निश्चित फिल्ममा धेरै नै सहज महसुस गरें भने कामै गर्दिनँ । आफ्नो सुविधाअनुसार काम गर्दा मैले थुप्रै असफलता हात पारेको छु । धेरै नै आरामदायी माहोलमा काम गर्दा ठीक हुँदो रहेनछ । अब म आफ्नो सुविधाअनुसार काम गर्न चाहन्नँ । यो फिल्म त आँखा चिम्म गरेर गर्न सकिन्छ भन्ने लागेका प्रोजेक्टमा म हातै हाल्दिनँ । म यस्ता कामबाट टाढै बस्ने योजनामा छु । अब म यस्तो काम गर्न चाहन्छु, जसले मलाई साँच्चै गम्भीर र भयभीत बनाओस्, मलाई चुनौती देओस् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २३, २०७५  ०८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC