site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राजनीतिक नेतृत्वमा उद्यमशीलता 

बीपी कोइरालाले नेपाली कांग्रेसका कार्यकर्तालाई भन्नुभएको थियो – राजनीतिक काममा औसत दिनको दुई घन्टा समय दिनु । बाँकी समय उद्यम, घरगृहस्थी, अध्ययन, मनन आदिमा लगाउन सकिन्छ । ‘नेपालमा उद्यमशीलता ः सामाजिक र सरकारी दायित्व’ विषयमा सुशील कोइराला मेमोरियल फाउन्डेसनले राजधानीमा आयोजना गरेको छलफलमा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बीपीको उक्त भनाइ उद्धृत गरेका थिए ।

धेरैजसो, राजनीति, पत्रकारिता र आर्थिक विषयका कार्यक्रममा एकोहोरो भाषण सुन्ने बानी परेका पत्रकारका लागि त्यो कार्यक्रम विशेष स्वादको भयो । उपयुक्त पात्रहरुबाट विषयगत सामूहिक छलफलमा व्यक्त अनुभव र अवधारणाले सहभागीका लागि पनि कार्यक्रम सार्थक भयो ।

नेपाली कांग्रेसले सुरुदेखि नै कर्मशील (उद्यमशील) कार्यकर्ताको मान्यता अगाडि सारेको हो । तर, यो मान्यता व्यवहारमा चरितार्थ गर्न नसकेकाले परिणाम प्राप्त भएन ।

Prabhu Bank
Agni Group
NIC Asia

कम्युनिस्ट पार्टीका कार्यकर्ताले पनि उद्यमशीलता अपनाएनन् । बरु अधिक ‘बिजनेस’ अर्थात् व्यापारिक क्रियाकलापमा लागे । युरोप वा पश्चिमा लगानीका सरकारी, गैरसरकारी संस्थामा बढी संलग्न भए । जे भए पनि कांग्रेस कार्यकर्ताभन्दा कम्युनिस्ट कार्यकता अपेक्षाकृत धनी देखिए । भएजति सम्पत्ति सबै पत्नीको बताएर  आफूलाई सगर्व सर्वहारा घोषित गरिरहने कमरेड पनि प्रशस्तै छन् । 

उद्यमशीलता (इन्टरप्रेनरसिप) कमाउ धन्दामात्रै भने होइन । रोजगारी, क्षमता अभिवृद्धि, दक्ष जनशक्ति र राज्यको आर्थिक आधारसँग पनि यो सम्बन्धित छ । औद्योगीकरणको विस्तार र उध्र्वगामी अर्थतन्त्र उद्यमशीलताको उद्देश्य हुन्छ । यही माध्यमबाट राजस्वको स्रोत र दायरा फराकिलो हुँदै सञ्चित रकम सामाजिक सहयोगमा खर्चने सबल हैसियत राज्यले प्राप्त गर्छ ।

Global Ime bank

राजनीतिक दलका कार्यकर्ता उद्यमशीलतामा पटक्कै छैनन् भन्ने होइन । पहिले पनि र अहिले पनि उद्यमशील राजनीतिकर्मी छन्, भेटिन्छन् तर त्यो संख्या  निकै सानो छ । राजनीतिसँग टाढिन खोज्ने युवा राजनीतिकर्मीका लागि उत्पादनमूलक व्यवसाय वा आयमूलक पेसा विकल्प हुन् । राजनीतिबाट सामाजिक योगदान गर्ने भविष्य देखेर वा अन्य स्वार्थ साँचेर, जे होस् दलीय राजनीतिमा लागेका तर पछि विरक्तिएका युवा यतिबेला बढी नै विकल्पको खोजीमा रहेको भेटिने गरेका छन् । मौका पाए तिनीहरुमध्ये कतिपयले उद्यमको बाटो रोज्न सक्छन् । 

कार्यक्रममा उद्यमशील सोच, संस्कार, यसप्रति सामाजिक सहयोग र सरकारी दायित्वलगायतका विषयमा विचार अभिव्यक्त भएका थिए । झन्झटिलो कानुनी प्रक्रिया, उद्योगलाई भ्रष्ट वा आर्थिक चलखेलको माध्यम ठान्ने सामाजिक सोच र उद्योगहरूलाई चन्दाको स्रोत बनाउन खोज्ने राजनीतिक दलका नेताको व्यवहारमा सुधार आवश्यक रहेको सुझाव पनि आयो ।

आन्तरिक र बाह्य लगानीका लागि सहज प्रक्रिया हुनुपर्ने विषय पनि त्यहाँ उठ्यो । राजनीतिक दलले आफ्ना कार्यकर्ता र भातृसंस्थालाई योजनाबद्ध परिचालनबाट उद्यमशील चेतना वा उद्योग  र  उद्यमीप्रति छिट्टै सकारात्मक धारणा विकास गर्न सक्छन् । गाउँगाउँमा उद्यमी सोच विस्तार गर्न सक्छन् ।  समस्याभन्दा समाधानमुखी त्यो छलफलमा दलका कार्यकर्ताको सम्लग्नताबाट युवा उद्यमीको संख्यात्मक र गुणात्मक बढोत्तरी हुनजाने पनि सुझाइयो । पाठ्यक्रम  उद्यमशील भावना जगाउने बनाइ लागु गर्न भनियो ।   

कार्यक्रममा उद्यमबाट आर्जन गर्ने राजनीतिकर्मी सुखी र आर्थिक स्वच्छताको वाहक हुने धारणा व्यक्त गरिएको थियो ।  छलफलको  निष्कर्ष थियो – रोजगारको अवसर र समृद्धिका लागि उद्यम पहिलो सर्त हो । 

कार्यक्रमका सहभागी एक जना उद्योगपतिले उद्योग दर्ताका लागि ३६ वटा निकायमा धाउनुपर्ने अवस्थाको चित्रण गरिसकेपछि दर्ता पक्रिया झन्झटिलो मात्रै होइन अति जटिल रहेछ भन्ने सबैले थाहा पाएका थिए । अस्ट्रेलियामा अनलाइन पत्राचारबाट एक, दुई दिनमै व्यवसाय दर्ता गरेको बताउने सहभागी नेपालीले यहाँ त्यस्तै काम ६ महिनामा पनि नभएको व्यथा सुनाएका थिए । अर्को समस्या चन्दाको छ । चन्दा दिन उद्योगी तयार छन् तर त्यो कति र कसलाई ? दल वा नेतालाई अथवा तिनका भातृसंस्थालाई ? चन्दा पारदर्शीरुपमा बैंकमार्फत् हुनुपर्छ । चन्दा अन्तर्राष्ट्रिय प्रचलन हो तर यहाँ चन्दालाई खर्चमा देखाउन पाइँदैन । यो भनाइ सुनेपछि लाग्यो – यहाँको ऐन, नियमले नै अनैतिक काम गर्न बाध्य बनाएको छ, गलत बाटो देखाएको छ । दिइएको चन्दा खर्चमा देखाउन नपाएको उद्यमीले अन्यत्र बील मिलान गर्नैपर्यो जुन अनैतिक र गैरकानुन पनि हो । 

अनि सार्वजनिक खरिद ऐन भन्छ – सस्तो लिऊ, सस्तोमा काम गर । सस्तो र स्तरीयता सँगै नहुन सक्छन् । ऐन, कानुनका यस्तै आड, भरोसमा अनैतिक बाटा खोले, खुलाइएका छन् । एउटा दर्तामा छत्तीस निकायको तजबिज सुशासनको उदाहरण हुँदै होइन । 

बाह्य लगानीकर्तासँगको अन्तर्वार्ताभित्रको अन्तरंग कुरा केही वर्षअघि कुनै एउटा दैनिकमा पढेको सम्झना छ । तिनका दुईथरी धारणामध्ये पहिला – नेपालमा लगानी गर्न असाध्य सजिलो भन्ने छ भने अर्को असाध्य गारो । कारणमा घुस छ । घूस खाएको फाइल, दौडिनुपर्ने सबै भ्याएर सिरानमा आइपुग्छ तर घूस नदिनेको व्यथा महिनौ के वषौँ धाउँदा पनि जस्ताको तस्तै । अन्तर्वार्ताभित्रको  अन्तरंग कुराकानीबाट भेटिएको यस्तो रहस्य पहिचान नखुलाई त्यो पत्रिकाले छापेको थियो ।

नेता वा राजनीतिकर्मी यस्ता विषयमा कमै जानकार हुन्छन् । उद्यममा मात्रै होइन धेरै क्षेत्रको यस्तो विकृत प्रचलन हटाउन कर्मचारीतन्त्र स्वच्छ, सक्षम र इमानदार हुनुपर्छ । राजनीतिले मुख्यतः नीतिगतरूपमा तन्त्र चलाउने हो । 
कार्यक्रममा भारत, महाराष्ट्रको टेक्निकल इन्स्टिच्युट (एमआईटी) की डीन सयाली गंकरको प्रस्तुति आकर्षक थियो ।  

एकजना नेपालका पूर्व सचिवले उद्यमशीलताका लागि सरकार, कर्मचारी र ऐनकानुनबाट सहज सहयोग अपेक्षित हुने तर प्रक्रियागत अडचन निरुत्साहनको कारण बन्ने अनुभव सुनाए । उद्योग दर्ता वा नवीकरण गर्दा कम शुल्क लिने, उत्पादन बृद्धिलाई बढाबा दिने, त्यसबाट करको मात्रा बढ्ने (रोजगारी समेत) भए पनि कानुनमा गर्न खोजेको सुधार हुन नसकेको  तीतो अनुभव उनको थियो ।

उद्यमका लागि तालिम, अवसर र आर्थिकलगायतका सहयोग सरकारी तहबाट दिइनुपर्ने र निजी क्षेत्रको पनि यस्ता कार्यमा  भूमिका तय हुनुपर्ने ठम्याइ छलफलका क्रममा व्यक्त भएको थियो ।
     
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३, २०७५  ०७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC