site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री प्रचण्ड चुकेर र झुकेर आए : एमाले नेता राई
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले असन्तुष्टहरूको आवजालाईपनि सम्बोधन गर्दै संविधान कार्यान्वयन गर्नुपर्ने आवश्यकत्ता आंैल्याएका छन् । 
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता साउदले भने, “संविधान संशोधनको लागि सबै पक्षबीच सघन छलफल तथा वार्ताहरू भैरहेका छन्, छिट्टै राष्ट्रिय सहमति बन्छ ।”
उनले प्रमुख प्रतिपक्षी दल एमाले र राप्रपा नेपाललाई नजरअन्दाज गरेर संविधान संशोधन प्रक्रिया अघि नबढाइने समेत स्पष्ट पारे । उनले अघि थपे, “एमाले र रापप्रा नेपाललाई नजरअन्दाज गरेर संशोधन सम्भव छैन, हामी सबैपक्षसँग छलफल र वार्ता गरिरहेका छौं, छिट्टै एउटा निष्कर्षमा पुग्छौं ।’
क्लबका उपाध्यक्ष बैकुण्ठ ढुंगानाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता साउदले एमालेले संविधान संशोधन गर्ने कुरामा असहयोग गर्न नहुने धारणा राखे । त्यस्तै उनले संविधान कार्यान्वयनको लागि मधेशी मोर्चा पनि उदार बन्नुपर्ने बताए । संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउन पनि दलहरू मिल्नुको विकल्प नभएको उनको भनाइ थियो । 
साउदले अघि थपे, “हामी आन्तरिक रुपमा मिल्न सकेनौं भने अरुले खेल्ने कुरा आउँछ, एकै ठाउँमा उभिनुपर्छ, यो नै आजको आवश्यकत्ता हो ।”
प्रधानमन्त्री प्रचण्ड चुकेर र झुकेर आए : राई 
नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री शेरधन राईले वर्तमान सरकार संविधान कार्यान्वयनमा उदासिन भएको आरोप लगाएका छन् । राईले अघि थपे, “यो सरकार कतै मुलुकलाई दुर्घटना र संकटतर्फ धकेल्न उन्मुख छैन भन्ने आशंका पैदा भएको छ ?”
संविधान कार्यान्वयनको लागि पनि एमाले आफ्नो भूमिकामा सशक्त र खरो उत्रने बताउँदै नेता राईले भने, “संविधान दिवस भोलि हामी भव्य रुपमा मनाउँदैछौं, संविधान कार्यान्वयनमा हामी खरो उत्रन्छौं ।” 
उनले संविधान दिवसलाई कालो दिवसको रुपमा मधेशी मोर्चाले विरोध गर्ने कुराप्रति टिप्पणी गर्दै भने, “उहाँहरु कालो दिवस भन्दै विरोध गर्ने अनि प्रधानमन्त्रीको भारत भ्रमणमा सहभागी हुने, यो कस्तो पारा हो ?”
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणमा संविधान संशोधन गर्नेबारेमा एजेण्डामा राखेकोमा असन्तुष्टि पोखे । उनले अघि थपे, “वर्तमान सरकार संविधानको मर्म र आत्मालाई क्षतविक्षत पारेर मुलुकलाई संवैधानिक संकटतर्फ धकेल्न उद्दत छ ।”
उनले प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त बक्तव्यमा पनि प्रधानमन्त्री प्रचण्डले गम्भीर रुपमा चुकेर र झुकेर कुरा राखेको आरोप लगाए । उनले अघि थपे, “केही कुराहरु खुलिसकेका छन्, अरु विस्तारै खुल्दै जालान, अहिले नक्कली हाँसो हाँसेर केही हुनेवाला छैन ।”
प्रधानमन्त्रीको भारत भ्रमण सद्भाव भ्रमण हो : साह 
नेकपा माओवादी केन्द्रका नेता प्रभु साहले आन्दोलनरत असन्तुष्ट पक्षहरुको मागलाई सम्बोधन गर्नको लागि पनि संविधान संशोधनमार्फत सबैलाई स्विकार्यता बनाउनुपर्ने बताए । 
साहले प्रमुख प्रतिपक्षी दल एमाले संविधान संशोधन लगायतका विषयमा सहयोगी भएर प्रस्तुत हुनुपर्ने बताए । उनले संविधान संशोधन हुनै नसक्ने विषय जस्तो गरेर एमाले प्रस्तुत भएको समेत आरोप लगाए । साहले प्रश्न गरे, “त्यसो भए, पहिलो संशोधन किन गरियो त ? ‘पहिलो संशोधन कसले भनेर गर्यौ ? अनि अहिले आएर संशोधनको एक शब्द पनि उच्चारण गर्न नहुने ?”
उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई लिएर नकारात्मक टिप्पणी गरिएको भन्दै प्रधानमन्त्रीको यो भ्रमण सद्भावको भ्रमण भएको स्पष्ट पारे । उनले अघि थपे, “छिमेकीसँगको सम्बन्ध हार्दिकता भएमात्रै विकास हुन्छ, नभए हुँदैन् ।”
संविधान संशोधन नभएसम्म कुनैपनि चुनाव हुन दिन्नौं : कर्ण
मधेशी मोर्चाका प्रभावशाली नेता लक्ष्मणलाल कर्णले मधेशी जनताको रगतसँग गाँसिएर जबरजस्ती लादिएको संविधान संशोधन नभएसम्म मोर्चाले विरोध गरिरहने बताए । 
उनले सरकार र मधेशी मोर्चाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनतर्फ उन्मुख रहेको समेत दाबी गरे । उनले अघि थपे, “तीन बुँदामध्ये दुईवटा बुँदा करिव करिव लागु भएको छ, अब संविधान संशोधन प्रक्रिया पनि चाँडै अघि बढ्छ ।”
उनले संविधान संशोधन प्रस्ताव पनि एक हप्ताभित्रै संसदमा दर्ता हुने विश्वास व्यक्त गरे । कर्णले संशोधनमार्फत आफूहरुले अघि सारेका मागहरु पूरा नभएसम्म कुनैपनि चुनाव गर्न नदिने चुनौति पनि दिए । 
फरक प्रसँगमा उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयलाई एमालेका अध्यक्ष ओलीले गलत ढंगले टिप्पणी गरेको आरोप लगाए । कर्णले थपे, “आफू जाँदा राम्रो हुने तर अरु प्रधानमन्त्री भारत जाँदा किन रुनु नि ?“ “यो डबल स्ट्याण्ड चरित्र हो,” उनले भने ।
अरुले नै यो देश चलाएको छ : गिरी
राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले मुलुकलाई संवैधानिक संकटतर्फ धकेल्न देशी विदेशी शक्तिहरु लागिपरेको आरोप लगाए ।
गिरीले भने, “आगामी ०७४ माघ ७ भित्र तीन वटै निकायको चुनाव गराउनुपर्छ, तर चुनाव नगर्ने षडयन्त्र भैरहेको छ, यसले मुलुकलाई संवैधानिक संकटतर्फ धकेल्ने खतरा छ ।’ उनले नेपालको शासन प्रणालीलाई नै अस्थिर बनाउन विदेशी शक्ति लागेको आरोप लगाए । गिरीले अघि थपे, “हामी निर्णायक शक्ति भएनौं, अरुले नै यो देश चलाएको छ ।”
संविधान संशोधन विधि र प्रक्रियाबाट हुुनुपर्ने उनको भनाई थियो । यद्धपी सरकारले अहिलेसम्म आफ्नो दलसँग संशोधनको बारेमा कुनै परामर्श एवम् छलफल नै नगरेको आरोप लगाए । “विधि र प्रक्रियाबाट संविधान संशोधन अघि बढ्यो भने हामी पनि हाम्रा मुद्दाहरु संशोधनमा हाल्छौं,” गिरीले थपे । 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २, २०७३  १६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !