site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
छाडम्, फाइल हराइरहोस् !
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
गत वर्ष आउनुभएको महाभूकम्पजी विनाशकारीमात्र होइन, उपद्रयाहा पनि हुनुहुँदोरहेछ । भूकम्प आयो भनी सबै कर्मचारी बाहिर निस्केको बेलामा टपक्क लाएर फाइल टिपेर हिँड्नुभएछ । फाइलै चाहिएको थियो भने यत्रो विनाश मच्चाइराख्नै पर्दैनथ्यो नि । खुसुक्क लाएर सरकारलाई त्यो लोकमान फाइल दिनोस् भनेको भए त भैहाल्थ्यो नि । फेरि सरकारलाई नि लास्टै घाँडो भैरा’को फाइल थ्यो त्यो । कहिले कसले माग्ने, कहिले कसले देखा भनेर टिप्पा लिने टन्टै हुन्नथ्यो । फाइल राख्दा आइपर्ने दसौं रेक्टर स्केलका कम्पनहरुले आजित थियो सरकार पनि । माग्दा पाइने कुरा चोरेर हिँड्नुभएछ । लाग्छ, मूर्खै हुनुहुँदो रहेछ भूकम्पजी पनि अरु बलवानहरुजस्तै ।
हुन त फाइल पनि कम्ताको फाइल होइन । खुद लोकमानजीकै फाइल पर्यो । लोकतन्त्र जो चलिरा’छ । त्यही तन्त्रवाला लोकको पनि मान । पूर्वराजतन्त्रको जीवित सान । ‘माने मान् नत्र हान्’ भन्ने मान्यताका साथ विराजमान लोकमानको फाइल लुसुक्क आएर लान नमिल्ने भएर पनि होला, भूकम्पजी यस्तो तान्डवका साथ आउनुपरेको । एउटा दुलहाले दुलही लगी भित्र्याउन त कत्रा गाना–बजाना, जन्ती, रत्यौली चलाउन पर्छ । दशैमा शक्ति पीठहरुमा फूलपाती भित्र्याउन त कत्रा तामझाम, लावालस्कर जुटाउनुपर्छ । स्वयं लोकमानजीकै जागिरको फाइल सिंहदरबारबाट भूकम्पलोक पुर्याउनु थियो त लुसुक्क आएर किन हुन्थ्यो ? भूकम्पजी ठूलो बाहुबलका साथ भस्ल्यांग भस्ल्यांग घरहरु भत्काउँदै आएर फाइल लिएर हिँड्नुभएछ । आखिर त्यत्रो भूकम्प आएको त्यही फाइलको लागि पो रहेछ । जाबो एउटो फाइलको लागि यत्रो धनजनको क्षति भयो । यतिका मान्छेको परान गयो । नियुक्ति फाइल बनाउनासाथ भूकम्पजीकहाँ पुर्याइदिएको भए हुन्नथ्यो ? हुनत कसरी पुर्याउनु ? भूकम्प यहाँ आउँदा त यत्रो बितण्डा मच्चायो, भूकम्पकहाँ नै जाँदा त के गर्ला झन् ? भूकम्पजीको अगाडि मान्छे पर्न सक्नु भनेको लोकमानजीको अगाडि दल र नेताहरु पर्नुजत्तिकै गाह्रो कुरा हो ।
हवाई दुर्घटनामा परेर २–४ जनाको परान जाँदा त छानबिन आयोग बन्थ्यो । भूकम्पमा परेर दशौं हजार मान्छे मर्दा किन छानबिन आयोग बनेन भन्या त भूकम्पजीको सम्बन्ध सिधै लोकमानजीसँग रहेछ । केका आँटले बनाउनु ? जनतालाई भूकम्प प्रतिरोधी घर बनाउन अनुदान दिन किन ढिलाइ गरियो भन्या त कारण यो पो रहेछ । भूकम्प प्रतिरोधी घरले भूकम्पको प्रतिरोध गर्ने । अब भूकम्पको सम्बन्ध सिधै लोकमानजीसँग । आफ्ना रिलेटिभको प्रतिरोध गर्ने षड्यन्त्र गर्दा लोकामानजीले बिताउनुन्छ भनेर सरकार आत्तिएको हुनुपर्छ । नत्र सरकार पनि कम्ति आँटिलो होइन । लोकमानजीसँगै आमने–सामने हुने स्थिति आइलाग्यो त क्यार्नु ?
अब लोकमानजीको फाइल भूकम्प सरले लगिसक्नुभो भन्ने जानकारी पाइसकेसी सर्वोच्चजीले नि किन चाहियो, चाहियो, नभै भएन भनेर अड्डी लिराको होला ? यसो गर्दा लोकमानजीमा क्रोध उत्पन्न हुन सक्छ । उहाँमा क्रोध पैदा भयो भने भगवान इन्द्रको अमरावती डोलायमान हुन्छ र त्यसको प्रभाव सिधै पृथ्वीमा पर्छ । यसको कल्पनाले मात्र पनि हाम्रा दल र नेताहरुका मुटु डगमगाउन थाल्छ । यदि उहाँमा साँच्चिकै क्रोध पैदा भैहालेमा के होला ? 
बडा अफ्ठेरो छ, अब फाइल उपलब्ध गराउन कि त भूकम्प आफैं आउनुपर्यो । भूकम्प आउने कुरा सोच्दामात्रै नि हंशले ठाउँ छोड्छ । कि त भूकम्पकहाँ गएर फाइल ल्याउन पर्यो । लिन जाने पो को ? 
अब गाह्रो नेताहरुलाई ! लोकमानजीको फाइल खोजेर, मिलाएर साथ दिम् कसरी दिम्, खाँचै सित्ती भनुम् भने लोकमानजीले भूकम्प ल्याउने डर ।
प्रधानमन्त्रीलाई त देखाइसक्नुभो, साथ दिने भए देऊ, नत्र मेरो एउटै सहारा भूकम्प रहेछ । त्यही भूकम्प ल्याउँछु, त्यसैले साथ दिन्छ । भूकम्पको कुराले दिल्लीमै उनको ज्यान कामिसक्यो होला । अरु कतिको काम्ने हो !
नेताहरुको हत्ते भो । फाइल छोडिदिए हुने ! आखिर यो मुलुकमा हराएको त्यो फाइलमात्र होइन । अनेकौं छन् । पहिलो कुरा त अख्तियारकै कारबाहीमा परेका मान्छे अख्तियारकै प्रमुख बनाउँदा शर्म हराइसक्या’छ । जसरी नियुक्त भए, त्यसले लोकतन्त्रको मर्म हराइसक्या’ छ । मुलुकमा अरु कोही नदेख्ने दलहरुको मति हराइसक्या’ छ । नियुक्ति गराउँदै गर्दा तिनका धोती हराइसक्या’ छ । यससँगै लोकलाज हराइसक्या’ छ । सरकार, दल र नेताहरु हेर्नुस्, इज्यत हुर्मत हराइसकेको छ । क्रियाकलाप हेर्नुुस, बुद्धि विवेकै हराइसक्या’ छ । त्यही फाइल टप्काउने भूकम्पका पीडितको स्थिति हेर्नुस्, दयामाया, जिम्मेवारीबोध नै हराइसकेको छ । क्या हो यस्तो ए ! भनेर खोजुम् त, सरकारै हराइसक्या छ । छन् त केवल लोकमान छन्, उनको अख्तियार छ ।
सबै कुरा हराएकै थ्यो, चलिनै रा’थ्यो । एउटा फाइल नि हरायो त के नै होला, फाइल हराइरहोस् । त्यो भूकम्पलाई दाइजो भो । लोकमानजीले भूकम्प ल्याउलान् फेरि, सरकारको होस हराउने भयो ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २, २०७३  १४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC