site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राष्ट्रवादको हार अवश्यंभावी 

यस दशकको राजनीतिक द्वन्द्वलाई प्रियतावाद (पपुलिज्म)विरुद्ध उत्कृटतावाद (इलिटिज्म) हैन राष्ट्रवाद (नेसनलिज्म)विरुद्ध भूमण्डलवाद (ग्लोबलिज्म) भनेर परिभाषित गर्नुपर्ने देखिएको छ । चीन, रुस, भारतको कुरा छाडौँ, इटाली, जर्मनी, बेलायत वा अमेरिका जता हेरे पनि राष्ट्रिय भावनाको उत्थान राजनीतिक घटनाका मुख्य कारक शक्ति बनेको देखिएको छ । 

अर्कातिर, ठूलाठालुविरुद्ध सर्वसाधारणको विद्रोहको दृष्टान्त खासै देखिएको छैन । राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकामा राजनीति अर्बपतिहरूको हातमा पुगेको छ । इटालीको प्रियतावादी सरकार अनिर्वाचित प्राध्यापकहरूले सञ्चालन गरिरहेका छन् । संसारभर जस्तो कर्पोरेट म्यानेजरहरू, प्राविधिज्ञहरू र आर्थिक लगानीकर्ताहरूको  बढ्दो आयमा कर झन् घटाइएको छ । उच्चस्तरको आवास, शिक्षा र स्वास्थ्य उपचारसमेत आफ्नो पहुँचभन्दा बाहिरको कुरा हो भन्ने यथार्थ सामान्य कामदारहरूले मानिसकेको देखिएको छ । 

खासगरी कुनै बेला राष्ट्रिय पहिचानका विषयमा खासै भावनात्मक मोह नदेखाउने भनेर कहिलएका इटाली र बेलायतमा समतावादीहरूमाथि राष्ट्रवादीहरूको प्रभुत्व मननीय छ । सरकारी भवनहरूमा समेत राष्ट्रिय झन्डा खासै नदेखिने बेलायतमा युरोपियन युनियनबाट बहिर्गमन (ब्रेक्जिट)को निर्णयभन्दा पहिलेसम्म त राष्ट्रियतका बारेमा कति उदासीनता थियो भने राष्ट्रको नाममा समेत सहमति थिएन । कसैले संयुक्त अधिराज्य, कसैले ब्रिटेन, कसैले इङ्ल्यान्ड, वेल्स र स्कटल्यान्ड भन्ने गर्ने ।

Prabhu Bank
Agni Group
NIC Asia

इटालियनहरू त झन् कम राष्ट्रवादी थिए । युरोपियन युनियनको स्थापना यता मत सर्वेक्षणमा इटालिएनहरू सबैभन्दा बढी संघीयताका समर्थक देखिन्थे र केही पहिलाहरू मतदाताहरूको विश्वास पनि रोमको आफ्नो सरकारमाथि भन्दा ब्रसेल्सका युरोपेली युनियनका नेतामा बढी थियो । इटायिनहरूमा आफ्नो संस्कृति, इतिहास, खाना र फुटबलप्रतिको मोह चर्कै छ तर उनीहरूको देशभक्ति भने सिंगो राष्ट्रभन्दा भन्दा क्षेत्र र सहरहरूप्रति बढी केन्द्रित थियो । उनीहरू रोमभन्दा ब्रसेल्सबाट शासित हुन बढी रुचाउँथे ।

इटालीको नयाँ संयुक्त सरकारको कनिष्ठ साझेदार चरम दक्षिणपन्थी लिग पार्टीलाई यस वर्षको सुरुसम्म नर्दर्न लिग भन्ने गरिन्थ्यो । यसको एउटा नारा हुन्थ्यो ‘‘गरिबाल्डीले इटालीको एकीकरण गरेनन् बरु अफ्रिकाको विभाजन गरे‘‘ र यसको मुख्य राजनीतिक माग मुलुकको विखण्डन हुन्थ्यो । बरु यस पार्टीले नयाँ पदानिया नामको राष्ट्र निर्माण गर्ने र रोम र दक्षिणी क्षेत्रको भ्रष्टाचार तथा गरिबीबाट सम्पन्न उत्तरलाई अलग्ग्याउने माग गथ्र्यो ।

Global Ime bank

केले गर्दा एक्कासि राष्ट्रवादको प्रभुत्व देखियो भन्ने व्याख्या कसरी गर्ने ? इटाली, बेलायत र अमेरिकाको नयाँ राष्ट्रवादमा सकारात्मक देशभक्ति खासै छैन । बरु, अहिलेको राष्ट्रिय भावनाको विस्तारमा मूलतः चेक अमेरिकन समाजशास्त्री कार्ल डचको परिभाषा ‘‘राष्ट्र भनेको गल्तीले एउटै जातिमा जन्म भएका र र छिमेकीहरूलाई समानरूपमा नरुचाउने मानिसहरूको समूह हो’’ मा भनिएजस्तै जातिवादी परिघटना देखिन्छ । कठिन समय, कम ज्याला, असमानता, क्षेत्रीय शोषण तथा वित्तीय संकटपछिको खर्च कटौतीजस्ता समस्याहरूले केही न हेकीलाई दोष त दिनै पथ्र्यो । यस्तो अवस्थामा सधैँ नै विदेशीमाथि दोष थुपार्ने जो गरिन्छ । 

मेक्सिकन आप्रवासी वा क्यानेडिएन आयातविरुद्ध ट्रम्पको ईष्र्यामा वा इटालीको नयाँ सरकारको राष्ट्रवादी नीतिमा वा ‘‘आफूलाई विश्व नागरिक ठान्छौ भने तिमी कहीँको पनि नागरिक होइनौ । तिमीलाई नागरिकताको अर्थ नै थाहा छैन ।’’ भन्ने बेलायतकी प्रधानमन्त्री टरेजा मेको प्रख्यात कथनमा देशभक्तिको कुनै तत्त्व छैन ।

अझै पनि आफूलाई ‘विश्व नागरिक‘ ठान्ने हामीहरूलाई केही खुसीका समाचार पनि छन् । आर्थिक कठिनाइको दोष जति विदेशीमाथि थोपर्ने जातिवादी प्रयास असफल हुँदै गएको छ । 

वित्तीय संकटपछि कट्टर बजारवादी अर्थतन्त्रको विफलताको दोष ‘लोभी ब्यांकर’माथि थोपरिएको सम्झौँ त । यो दोषरोपण आंशिकरूपमा आफ्नो बचाउ गर्न ब्यांकरहरूसँग प्रशस्त स्रोत भएका कारण पनि विफल भयो । तर, विदेशीहरूसँग त्यस्तो स्रोत हुँदैन । तर, ब्यांकरहरूमाथि दोष थोपरे पनि जनआक्रोश मत्थर भएन । किनभने वित्त व्यवस्थामा दोष थोपर्दैमा न पारिश्रमिक वृद्धि भयो न असमानता कम भयो न त सामाजिक उपेक्षामा परिवर्तनै भयो । अहिले पनि विदेशी प्रभावलाई दोषारोपण गर्दै अध्यागमन वा व्यापारमा कडाइ गर्दैमा जनआक्रोश कम हुनेछैन ।

बेलायतमा बिस्तारै युरोपेली युनियनबाट बाहिरिने पक्षका मतदाताको ठूलो हिस्साको वास्तविक राजनीतिक असन्तुष्टिमा युरोपियन मामिलाहरूको कुनै सम्बन्ध नभएको महसुस भइरहेको छ । बरु अब पो ब्रेक्जिट वार्ताहरूले बेलायतको राजनीतिलाई केही वर्ष वा दशकसम्म पनि प्रभावित पार्नेछ । बेलायती राष्ट्रवादी र युरोपका बीचको विवादल सबै दलका राजनीतिक नेतृत्वलाई जनताको जीवनस्तरमा सुधार गर्न नसकेको पक्ष ढाकछोप गर्ने बहाना भइरहने छ । 

आउने महिनाहरू र वर्षमा अमेरिका र इटालीका मतदाताले पनि यही पाठ सिक्नेछन् । त्यहाँ पनि आप्रवास र व्यापारका कारण विदेशीले दुःख दिएको भन्ने बहाना बनाउँदैमा राजनीतिक असन्तोषको स्रोत कम गर्न वा जीवन स्तरमा सुधार गर्न त कुनै मद्दत पुग्नेछैन ।
शरणार्थी र समुद्री उद्धारका मामिलामा ढोंगी र अन्यायपूर्ण नीतिहरू, आत्मघाती वित्तीय नियमहरू तथा आर्थिक दृष्टिकोणमा गलत वित्तीय नीतिहरूजस्ता कारणले  इटालीको ईयुसँगको गुनासो न्यायाचित छ । तर नयाँ सरकारले पनि राष्ट्रवादी भावनालाई युरोपसँग कुनै सम्बन्ध नभएको र इटालीको आर्थिक हितका लागि आवश्यक सुधारहरू विरुद्ध आक्रमण गर्न शोषण गरिरहेको छ ।  

वित्तीय संकटपछिका इटालीका सबै सरकारहरूले बिस्तारै पेन्सन, श्रम बजार र बैंकिङ क्षेत्रको सुधारका लागि आवश्यक जग हालेका थिए । यस्ता परिवर्तनहरूले एक दशकको मन्दीपछि गत वर्षदेखि आर्थिक स्थितिमा सुधार हुने अवस्था निर्माण भएको थियो । त्यस्ता सुधारहरू राजनीतिकरूपमा अलोकप्रिय भएकाले अहिले विदेशी हस्तक्षेपको उदाहरणका रूपमा बदनाम गरिएका छन् । नयाँ सरकारले आर्थिक सुधारका ती तीनैवटा योजना तुहायो भने इटालियनहरूले सायद अर्को एक दशकका लागि आर्थिक पुनरुत्थानको आशा पनि मार्नु पर्नेछ ।

अमेरिकाले पनि विदेशी हितमा आक्रमण गर्दैमा सबै समस्याको समाधान हुन्छ भन्नु गलत रहेछ र त्यसले स्थिति अझ खराब हुनसक्छ भन्ने थाहा पाउनेछ । चीन, जर्मनी र क्यानाडाजस्ता व्यापार साझेदारविरुद्ध आयात नियन्त्रण गर्दा उनीहरूलाई हानि हुनेछ र अमेरिकामा रोजगार बढ्नेछ भन्ने ट्रम्पको सोच देखिन्छ । अमेरिकी अर्थतन्त्र न्यून वृद्धि र मुद्रा अवमूल्यनको अवस्थामा यो सोच सही हुनसक्थ्यो । माग र मुद्रास्फीति दुवै बढ्दो स्थितिमा रहेको विश्वमा जर्मन र चिनियाँ निर्यातकहरूले आफ्ना उत्पादनका लागि नयाँ बजार पाउनेछन् भने अमेरिकी उत्पादकहरूलाई भने विदेशी कच्चापदार्थको सट्टाभर्ना पाउन मुस्किल हुनेछ । बीएमडब्लु र हुवावेका हकमा केही फरक पर्नेछैन तर भन्सार दर बढाएपछि अमेरिकी उपभोक्ता श्रमिक, व्यवसाय र गृहस्थहरूलाई भने बढ्दो ब्याजदरको मार पर्नेछ ।
प्रियतावादी राष्ट्रवादको समाधान विश्वव्यापी उत्कृष्टतावाद नभएर आर्थिक यथार्थवाद हो । अन्ततः यथार्थको जित हुनेछ ।

प्रमुख अर्थशास्त्री तथा सहसंस्थापक, लगानी परामर्शदाता संस्था गावेकल ड्रागोनोमिक्स

प्रोजेक्ट सिन्डिकेट र बाह्रखरीको सहकार्य

Copy Right : Project Syndicate, 2018
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १३, २०७५  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC