site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौँ । रक्षामन्त्री ईश्वर पोखरलले देश र जनताको सेवामा समर्पित व्यक्तिको निधनबाट समाजमा पहाड ढलेको जस्तो अनुभूति हुने बताएका छन् । 

विमान चालक महासेनानी कैलाश गुरुङको प्रथम वार्षिक पुण्यतिथिका अवसरमा आज सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा उनले नेपाली सेनाको संगठनभित्र गौरव गर्न लायक नेपाल आमाको सन्तानका रुपमा चालक गुरुङलाई आफूले बुझेको बताए । 

रक्षामन्त्री पोखरेलले भने, “कैलाश बहुप्रतिभाको धनी हुनुहुन्थ्यो, उहाँका कृतिले देश र जनताको हितमा काम गर्न सबैलाई प्रेरणा मिल्नेछ । देशको सार्वभौमसत्ता र अखण्डताप्रति बफादार सेनाको एउटा सदस्य अजर र अम्बर चालकको व्यक्तित्वलाई म सलाम गर्दछु ।” 

Prabhu Bank
Agni Group
NIC Asia

सुर्खेतबाट हुम्लाका लागि खाद्य संस्थानको चामल बोकेर उडेको नेपाली सेनाका स्काई ट्रक विसं २०७४ जेठ १६ गते बाजुराको कोल्टी विमानस्थलमा दुर्घटना हुँदा धर्तीका रक्षक उपनामले परिचित चालक गुरुङको निधन भएको थियो । 

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले संगठनप्रति निकै बफादार महासेनानी गुरुङलाई गीत÷संगीत, साहित्य विधाका अतिरिक्त खेलकुद क्षेत्रमासमेत स्थापित बहुप्रतिभाशाली व्यक्तिकारुपमा संगठनले बुझेको चर्चा गरे । 

Global Ime bank

गणेशकुमारी कैलाश गुरुङ स्मृति प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष नरेन्द्रबहादुर गुरुङ र पाइलट गुरुङकी धर्मपत्नी प्रमुख सेनानी सावित्रीरत्न गुरुङले उहाँको सैनिक जीवन र साहित्यिक यात्राकाबारेमा जानकारी दिए । 

सो अवसरमा रक्षामन्त्री पोखरेल र प्रधानसेनापति क्षत्रीले महासेनानी गुरुङको जीवनी, योगदान र कृतिगाथा समेटिएको पुस्तकको संयुक्तरुपमा लोकार्पण गरे । 

उक्त पुस्तकमा महासेनानी गुरुङको व्यक्तित्वबारे साथीसंगीलगायत व्यक्ति एवं स्रष्टाका दृष्टिकोण, स्वयंका साहित्य सिर्जनाका साथै जीवनयात्रा र त्यससँग सम्बन्धित तस्बीर समेटिएका छन् । 

भोजपुरको छिनामखुमा विसं २०२७ मा जन्म भई विसं २०४६ मा सहायक सेनानीमा भर्ना भएका गुरुङ नेपाली सेनाको हवाई निर्देशनालयका सह–निर्देशक थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०७५  ०२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC