site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
स्पेनिस ला लिगामा रियल मड्रिडको जित
Sarbottam CementSarbottam Cement

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साबिकको विजेता रियल मड्रिडले साँघुरो जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा रियलले रेलिगेसन जोनको मालागालाई २ – १ ले हराएको हो ।

मालागाको घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन इस्को र क्यासिमिरोले समान एक एक गोल गरे । मालागाका डिएगो रोलानले एक गोल फर्काए । जितसँगै रियल लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

क्रिस्टियानो रोनाल्डो र ग्यारेथ बेललाई आराम दिइएको खेलको पहिलो हाफको २९ औं मिनेटमा इस्कोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६३ औं मिनेटमा क्यासिमिरोले रियलको अग्रता दोब्बर बनाए । खेलको इन्जुरी समयमा मालागाका रोलानले एक गोल फर्काएपनि त्यो सान्त्वना गोलमा परिणत भएको थियो ।

यो जितसँगै रियलले ३२ खेलबाट ६७ अंक जोडेको छ । रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा १५ अंकले पछि छ । यस्तै दोस्रो स्थानको एथ्लेटिको भन्दा ४ अंकले पछि रहेको छ । पराजित मालागा १७ अंक जोडेर पुछारमा रहेको छ ।

Global Ime bank

ला लिगा अन्तर्गत नै आइतबार राति एथ्लेटिको मड्रिडले लेभान्टेलाई ३ – ० ले हराएको छ । एथ्लेटिकोको जितमा एन्जल कोरेया, एन्टोनी ग्रिजम्यान र फर्नान्डो टोरेसले समान एक एक गोल गरे । यस्तै गेटाफेले स्पानियोल र अलाभेसले इबरलाई समान १ – ० ले पराजित गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५  ०७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement