site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Nabil BankNabil Bank
नेपालमै पहिलोपटक बाह्रखरीले मनायो अन्तर्राष्ट्रिय गल्फ दिवस, प्रेमसरूप सचदेवलाई 'लाइफटाइम एचिभमेन्ट' अवार्ड
Sarbottam CementSarbottam Cement

काठमाडौं । बाह्रखरी मिडियाले नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय गल्फ दिवस मनाएको छ । नेपाल गल्फ एसोसियसनसँगको सहकार्यमा बाह्रखरीले पहिलोपटक अन्तर्राष्ट्रिय गल्फ दिवस मनाएको हो ।

काठमाडौंमा बुधबार सम्पन्न कार्यक्रममा नेपालको गल्फलाई अन्तर्राष्ट्रिस्तरमा चिनाउन सफल व्यवसायी तथा गल्फर प्रेमसरूप सचदेवलाई 'लाइफटाइम एचिभमेन्ट' अवार्डबाट सम्मानित गरिएको छ ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, नेपाल गल्फ एसोसियसनका अध्यक्ष टासी घले, बाह्रखरी मिडियाका अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधान, बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले सचदेवलाई सम्मान गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

International-Golf-Day-(36)-1715184251.jpg
 

सम्मानित सचदेवले गोकर्ण गल्फ कोर्स निर्माण गरेका थिए । सन् १९९५ देखि उनले उक्त स्थानमा १८ होलको कोर्स र होटल निर्माणको प्रक्रिया थालेका थिए ।

Global Ime bank

भारतीय मूलका व्यवसायी सचदेवले नेपालमा त्यसबेला एक अर्ब बढी लगानी गरेका थिए ।

सचदेवलाई सम्मान गर्दै मन्त्री श्रेष्ठले नेपाली गल्फ क्षेत्रमा उनको योगदान अतुलनीय रहेको बताए । यस्तै, उनले बाह्रखरी गल्फले खेल पयर्टन बढाउन महत्त्वपूर्ण भुमिका खेलेको पनि बताए ।

International-Golf-Day-(6)-1715184249.jpg
 

“लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित प्रेम सचदेवलाई बधाई । गोकर्ण फरेस्ट गल्फ क्लब निर्माणमा पुर्‍याउनुभएको योगदान महत्त्वपूर्ण छ । गोकर्ण गल्फ क्लबको निर्माणले नेपाली गल्फलाई यो उचाइमा पुर्‍याउन ठूलो भूमिका खेलेको जानकारी मैले प्राप्त गरेँ । व्यक्तिगत लगानीमा अन्तर्राष्ट्रियस्तरको खेलकुद संरचना बनाएर नेपाली खेलकुदलाई लगाएको गुणप्रति धेरै धन्यवाद,” मन्त्री श्रेष्ठले भने ।

मन्त्री श्रेष्ठले सरकारले लगानी गरेर मात्र प्रयाप्त खेलकुद संरचना बनाउन सम्भव नरहेकाले विदेशमा रहेका नेपालीसहित विदेशी लगानीकर्तालाई खेलकुदको संरचना निर्माणका लागि आह्वान गरे ।

International-Golf-Day-(7)-1715184249.jpg
 

"यसका लागि नीतिगतरूपमा अगाडि बढ्न र सम्भव भएसम्मको सहयोग गर्न म तयार छु । बाह्रखरीले गल्फमार्फत देशको खेलकुद पयर्टन बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ,” उनले भने ।

कार्यक्रममा बाह्रखरी मिडियाका अध्यक्ष तथा प्रधान सम्पादक प्रधानले नेपाली अर्थतन्त्रलाई चलायमान बनाउन आजभन्दा ६ वर्षअघि बाह्रखरी गल्फको सुरुआत गरिएको बताए ।

“सन् २०१५ मा स्थापना भइसकेपछि हामीले नेपाली अर्थतन्त्रलाई चलायमान बनाउन केही गर्नुपर्छ भन्ने सोचेर नेपाली कर्पोरेट क्षेत्रलाई जोड्न बाह्रखरी गल्फको आयोजना गर्ने निर्णय गरेका थियौँ,” उनले भने ।

International-Golf-Day-(14)-1715184250.jpg
 

उनले बाह्रखरी गल्फमा सहयोग गर्नेहरूप्रति आभार प्रकट गरे । “हामी बाह्रखरी गल्फमा सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्न चाहन्छु । हामी सभ्य संस्था हौँ, हामी सभ्यरूपमा संस्था चलाउछौँ । हामीलाई सहयोग गर्नुहुने नेपाल गल्फ एसोसियसनलाई धन्यवाद । तपाईहरूले बाह्रखरीले राम्रो गर्छ भन्ने सोच्नुभयो । नेपालमा पयर्टन प्रवर्धन गर्न र गल्फ प्रवर्धन गर्न सहयोग बाह्रखरीको कदममा सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद ।”

कार्यक्रमका विशिष्ट अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य बाह्रखरी गल्फले नेपालमा खेल पयर्टनलाई प्रवर्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

International-Golf-Day-(3)-1715184248.jpg

“अन्तर्राष्ट्रिय गल्फ दिवसको अवसरमा बाह्रखरीले आयोजना गरेको यो कार्यक्रमप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु । हामीले भर्खरै पोखरालाई पयर्टनको राजधानी घोषणा गर्‍यौँ,” मेयर आचार्यले भने, “पयर्टनलाई बढाउने प्रमुख माध्यम भनेको खेल हो । त्यसमध्ये गल्फ प्रमुख हो । विदेशी र देभभित्रैकै पयर्टकलाई आर्कषण गर्ने क्षमता गल्फमा भएकाले यसमा बाह्रखरीले आयोजना गर्ने गल्फ प्रतियोगिता पयर्टन प्रवर्धनमा महत्त्वपूर्ण बनेको छ । बाह्रखरीले गल्फलाई पोखरामा गरेको पोखरा महानगर र पोखराका नागरिकका तर्फबाट धन्यवाद व्यक्त गर्न चाहन्छु ।”

यस्तै, नेपाल गल्फ एसोसियनका अध्यक्ष टासी घलेले नेपालमा गल्फ प्रवर्धन गर्न बाह्रखरीले गल्फलाई अभियानको रूपमा अघि बढाएको बताए ।

International-Golf-Day-(9)-1715184461.jpg
 

“बाह्रखरीले नेपाली स्पोर्ट्स टुरिजमको विकासका लागि एउटा अभियानको रूपमा गल्फ प्रतियोगिताको आयोजना गर्दै आएकोमा बाह्रखरी मिडियाप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु,” अध्यक्ष घलेले भने, “गल्फ बाह्रखरीले चलाएको अभियान यति पावरफुल हुने रहेछ, यसले साँचै परिवर्तन ल्याउने रहेछ । बाह्रखरीले नेपालको खेल र विशेषगरी गल्फ पयर्टनलाई अघि बढाउन चलाएको यो अभियानलाई हामी सबैले सहयोग गर्नुपर्छ ।”

कार्यक्रमको अन्त्यमा बाह्रखरी मिडियाका उपमहाप्रबन्धक सूर्य घिमिरेले नेपालमा पहिलोपटक गल्फ दिवस मनाउन पाएकोप्रति खुसी व्यक्त गरे ।

“आज हामीले वास्तवमै नेपालमा पहिलोपटक गल्फ दिवसको अवसरमा कार्यक्रम गर्न सफल भएका छौँ," उनले भने ।

International-Golf-Day-(5)-1715184248.jpg
 

घिमिरेले बाह्रखरी गल्फमा पछिल्लो पाँच वर्षदेखि जोडिएको एनसेललाई धन्यवाद दिए । यसैगरी युवा तथा खेलकुदमन्त्री श्रेष्ठ, सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल, पोखरा महानगरपालिकाका मेयर आचार्य, भाटभटेनी समूहका अध्यक्ष मिनबहादुर गुरुङ, यती समूहका अध्यक्ष सोनाम शेर्पा, बीवाईडी साइमेक्सइनका अध्यक्ष अनिल श्रेष्ठ, टाटा मोटर्सका सीईओ राजन श्रेष्ठ, लक्ष्मी ग्रुपमा निर्देशक निरञ्जन श्रेष्ठ, नविल बैंकका सिनियर डेपुटी सीईओ मनोज ज्ञवाली, बाह्रखरी मिडियाका अध्यक्ष तथा प्रधान सम्पादक प्रधान, प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य, लक्ष्मी सन्‌राइज बैंकका डेपुटी सीईओ सुमेद भट्टराई, गोर्खा ब्रुअरीका मार्केटिङ डाइरेक्ट आशिष बिष्टसहितलाई धन्यवाद दिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  २१:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement