site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गगनलाई सुन्ने कि प्रधानमन्त्री ज्यू !

दुईतिहाइ बहुमतका साथ प्रधानमन्त्री भएका केपी शर्मा ओलीका सबैभन्दा ठूला फ्यान को रहेछन् भनेर संसद्मा यसो हेरेको त उनका सबैभन्दा ठूला प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चल्तापुर्जा नेता गगन थापा पो रहेछन् । लेखकले बनाएर दाबी गरेको होइन गगन थापाले आफैँ भनेका हुन्, त्यो पनि संसद्को पहिलो बैठकमा । धेरैले गगनको नचाहिंदो गनगन भयो, खनखन गनेर हिसाब लिन्छु भनेर ठूलो कुरा गर्‍यो पनि भने । तर, गगनले कस्तो बोले र जनतालाई उनले बोलेको कुरा कति चित्तबुझ्यो भन्ने वास्तविकता जान्ने हो भने युट्युबमा उनको भाषण सुन्नेको जमात हेरे थाहा भइहाल्छ ।

यो पत्र विदेशमा बसेको एक जना नेपालीले नेपालको उन्नति र प्रगति होस् भन्ने कामनाका साथ लेखेको हो । त्यसैले यो गगनको जय गान पनि होइन र ओली गाथा पनि होइन । हामीले संसारको सबैभन्दा विकसित र लोकतान्त्रिक मुलुकमा बसेर यहाँको खुला समाज र उदार सामाजिक व्यवस्थाको निकै गौर गरेर अनुभव गरेका छौँ । यहाँका पत्रपत्रिका तथा टेलिभिजन च्यानल कति सशक्त, कति विश्वसनीय छन् भन्ने पनि हेरेका छौंँ । त्यतिमात्र होइन लोकतन्त्र सफल हुन आवश्यक समाजमा प्रश्न सोध्ने र जनताका जिज्ञासा तथा आवश्यकताप्रति जिम्मेवार रहने नेतृत्व पनि देखेका छौँ । यहाँको सामाजिक व्यवस्थाले जो सुकैलाई पनि कानुनको दायरमा बसेर बस्न, खान र आर्थिक प्रगति गर्न सहजीकरण गर्छ । हामी चाहन्छौँ नेपालमा पनि त्यस्तै होस् । त्यसैले हामी चाहन्छौँ नेपालमा पनि प्रश्न सोध्ने र त्यस्ता प्रश्नप्रति जवाफदेही हुने राजनीतिक नेतृत्व होस् । त्यसैले हो प्रधानमन्त्रीलाई यो आह्वान गरेको !

Prabhu Bank
Agni Group
NIC Asia

गगन थापाले दुई तिहाइको बहुमत किन चाहियो ? के नेपालमा एकदलीय तानाशाही लाद्न खोजेको हो ? भन्ने प्रश्नमा जति ताली पाए त्यति नै ताली ओलीलाई पनि उनको प्रश्न सुन्ने धैर्य र त्यस प्रश्नको सटीक जवाफ दिनसक्ने वाकपटुतालाई दिनुपर्छ । यहाँ प्रश्न सोध्ने निर्भीक युवामात्र होइनन् प्रश्नको उत्तर दिने जिम्मेवार नेता पनि तालीका उत्तिकै हकदार भएका छन् । 

यहाँ छलफल गर्न लागिएको संसद्को पहिलो दिनको भाषणको जुहारीको विषयमात्र भने होइन । भन्न खोजिएको के हो भने पश्चिमा उदारवादी लोकतान्त्रिक समाजमा जस्तै नेपालमा पनि जनप्रतिनिधिलाई स्पष्टसँग प्रश्न सोधिनु पर्‍यो र सत्तामा रहेका नेतृत्व वर्गले पनि जनताका सम्मुख आफू खरो उत्रिन सक्नुपर्‍यो ।

Global Ime bank

न त गगनले एकपल्ट प्रश्न सोधेर आफ्नो जिम्मेवारी पूरा भएको ठानी अब चुप बस्न पाउँछन् न त ओलीले नै आफू सर्वसत्तावादी होइन भनेकै भरमा बाँकी जिम्मेवारीबाट उम्कन पाउँछन् । गगन एक प्रतिनिधि पात्र हुन् सम्पूर्ण जनताको प्रश्नको अनि ओली एक जिम्मेवारी बोकेका प्रधानमन्त्री हुन् सम्पूर्ण नेपाली जनताका । त्यसैले यिनको जिम्मेवारीको धोक्रो रित्तिएको छैन र तबसम्म रित्तिँदैन जबसम्म यिनले आफ्नो जिम्मेवारी पूरा गर्नेछन् । जिम्मेवारी पुरा गरेनन् भने जनताले यिनको हातबाट खोसेर सो जिम्मेवारी अरू कसैको विश्वासमा सुम्पनेछ । 

हुनत, ओली सरकारले सत्तासुख भोग गरेको धेरै भएको छैन तर अहिलेसम्मका व्यवहार हेरेर धेरै सन्तोष लिने ठाउँ भने छैन । एकपछि अर्को कार्यक्रमको प्रमुख आतिथ्य गरेर नै प्रधानमन्त्री र मन्त्रिपरिषद्का अन्य सदस्यलाई फुर्सद नभएझैँ देखिएको छ । संविधानले २५ मात्र मन्त्री राख्न दिएको भए पनि नेपालको अवस्था हेर्दा एक जना मन्त्रीलाई  समुद्घाटन, विमोचन, आतिथ्य ग्रहण र वाचाबन्धन मन्त्रालय दिने बेला भइसक्यो । यस्तै विषयमा हो जनताका तर्फबाट प्रश्न सोधिने । 

प्रधानमन्त्री ओलीले धेरै वाचा गरेका छन्, धेरै कुरा पुर्‍याउँछु भनेर कसम खाएका छन् । उनले त पाइपबाट ग्याँस पुर्‍याउनेदेखि समुद्रमा नेपालको जहाज चलाउने र चीनबाट रेल ल्याउनेसम्मका सपना देखाएका छन् । उनले आर्थिक र सामाजिक अवस्थामा गरेका अन्य वाचा पनि धेरै छन्, ती सपना साकार हुन्छन् भनेर जनता आशा पनि गरेर बसेका छन् । 
संसारमै सबैभन्दा ठूलो, शक्तिशाली र लोकतान्त्रिक मुलुकमा बस्दा पनि संसारको एउटा कुनामा रहेको सानो देशलाई अमेरिका जत्तिकै स्वतन्त्र, समृद्ध र शक्तिशाली देखिने चाहना हुनाले बारम्बार यस्ता कुराले चिमोट्छ । शक्तिमा रहनेलाई प्रश्न सोध्ने जनताको अधिकार कुण्ठित नभएसम्म, जनताप्रति जिम्मेवार नभए पनि हुन्छ र शासन त शक्तिशालीले चलाउने हो भन्ने सोचको प्रभुत्व नरहेसम्म देश विकास एवं समृद्धिको बाटोमा अघि बढ्छ भनेर आशा गर्न सकिन्छ । 

संसारको अर्को पाटोबाट यहाँको चाल, चलन, संस्कृति र राजनीतिक वातावरणबाट प्रभावित भएको आधारमा एउटै अनुरोध छ – प्रधानमन्त्री ओलीले गगनजस्ता सशक्त प्रतिपक्षी नेतालाई कोठामा बोलाएर सल्लाह लिनु अत्यन्त आवश्यक हुन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १८, २०७४  १४:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC