site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
मुलुक पार्टीका नेतालार्इ कसैले कृपा वा माया गरेर दिएको बकस हैन । यसैले राज्यको ढुकुटी जथाभावी खर्च गर्ने अधिकार पनि तिनलाई छैन । तर, राजनीतिक दलका नेताहरूले सत्तामा पुग्नेबित्तिकै आफूलाई राज्यको मालिक ठान्छन् र मनपरी खर्च गर्छन् । विशेषगरी कृपा पात्रलाई पुरस्कृत गर्न नेपालका नेताहरूले सत्ताको दुरुपयोग गर्दै आएका छन् । पार्टीभित्रको सन्तुलन मिलाउन वा कार्यकर्तालाई खुसी पार्न राज्यको ढुकुटीको अपव्यय गर्नु प्रकारान्तरले भ्रष्टाचारै हो । नेपाली कांग्रेसका सभापतिले यसै जम्बो बनिसकेको मन्त्रिपरिषद्मा ९ जना राज्यमन्त्री थप गर्न गरेको प्रस्ताव यस्तै अपव्ययको उदाहरण हो ।
 
नेपालको संविधान, २०७२ को धारा ७५ को उपधारा (९) मा प्रधानमन्त्रीसहित बढीमा २५ जनाको मन्त्रिपरिषद् गठन हुने लेखिएको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा 'संक्रमणकालीन व्यवस्था'का नाममा आधा दर्जन उपप्रधानमन्त्री सहित अनगिन्ती मन्त्री नियुक्त गरिएको थियो । तर, राज्यका हुनै र गर्नै पर्ने काममा भने ती गनिनसक्नु मन्त्रीको कुनै भूमिका रहेन । अहिलेको सरकारले पनि त्यही कथित संक्रमणकालीन व्यवस्था भन्दै मन्त्रीको संख्या बढाउँदा अवैध त नहोला तर संविधानको भावनाविपरीत भने हुन्छ । संविधान कार्यान्वयनका नाममा गठन भएको मन्त्रिपरिषद्ले नै यसरी संविधानको भावना र मर्म उल्लंघन गर्नु नैतिक दृष्टिबाट वैध भने हुनसक्तैन । पञ्चायत कालमा कर्मचारी विशेषलाई फाइदा हुने गरी धेरै पटक निजामती ऐन संशोधन गरिएको उदाहरण छ । यसैगरी मन्त्रालयमा कपडा सहायक मन्त्री, प्राथमिक शिक्षा सहायक मन्त्रीजस्ता पद बनाएर पनि कार्यकर्ताको भाग पुर्‍याउने चलन थियो । दुर्भाग्य, पञ्चायतको त्यो विकृति लोकतन्त्रमा पनि निरन्तर रह्यो । अझ कतिपय अवस्थामा त यस्ता विकृति झन् बढेको पाइएको छ ।  
 
कुनै न कुनै विन्दुमा यस्तो विकृति बन्द गर्नैपर्छ । पार्टी वा गुट विशेषको शक्ति सन्तुलन तथा तुष्टीकरणका लागि मन्त्रिपरिषद्को विस्तार गर्नु अराजनीतिक र अलोकतान्त्रिक प्रवृत्ति हो । सभापति देउवाले पनि विगतमा संसदीय मर्यादा उल्लंघन गर्दा अहिलेसम्म आलोचना हुनेगरेको यति चाँडै नबिर्सनुपर्ने हो । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि मन्त्रिपरिषद्मा कांग्रेसका राज्यमन्त्री थप गर्नुभन्दा नेकपा (माओवादी केन्द्र)का मन्त्रीको संख्या घटाएर दलगत सन्तुलन कायम राख्नु उचित हुन्छ । मन्त्रीको फौजले शासन प्रभावकारी वा सत्ता दिगो हुने हैन रहेछ भन्ने उदाहरण त ओली मन्त्रिपरिषद् नै छ । यसैले जनभावनाको कदर गर्ने हो भने मन्त्री थप गर्ने हैन सकेसम्म सानो र प्रभावकारी मन्त्रिपरिषद् बनाउनु बेस हुनेछ । अहिले मन्त्री थप गर्दा अवगाल दाहालले बढी बेहोर्नुपर्छ । पहिले नै अवगालको भासमा परेका दाहाललाई थप आलोचना सहन कठिन हुनेछ । सरकारको आलोचना भएमा सभापति देउवा पनि मुछिनेछन् । यसैले मन्त्री थप गर्नु दुवै नेताका लागि प्रत्युत्पादक हुने देखिन्छ ।  
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २०, २०७३  १९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC