site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
माइक्रोसिस फङ्गलका बिरामीलाई उपचारमा समस्या
Sarbottam CementSarbottam Cement

चितवन । चितवनको कालिका नगरपालिका वडा नं ७ सगुनटोलका १७ वर्षीय लक्ष्मण पौडेललाई नाकमा माइक्रोसिस फङ्गल भएको छ । सो रोगबाट पीडित पौडेललाई दैनिक औषधि सेवन गर्न पाँच हजार रुपैयाँ लाग्दछ । एक वर्षसम्म खानुपर्ने औषधि खर्चमात्रै १८ लाख लाग्ने बताइएको छ । हालसम्म उपचार गर्दा १२ लाख रुपैयाँ खर्च भइसकेको उनका बुबा केदारनाथ पौडेलले बताए ।

सुरूमा छोराको नाकको देब्रे भाग चिलाएर सुन्निएको र क्रमशः मासु पलाएर झर्ने समस्या भएको बुबा केदारनाथले बताए । ०७३ साल मंसिरबाट दिनहुँ नाकको मासु झर्न थालेपछि छोरालाई भरतपुरको सरकारी अस्पताल हुँदै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि उनले उपचार गराए ।

सो अस्पतालले क्षयरोग भनी दुई महिनासम्म औषधि सेवन गर्न लगाए पनि उनको सो रोग निको हुन सकेन । छोरालाई निको हुनभन्दा पनि झन् बढी समस्या भएपछि काठमाडौँको टिचिङ हस्पिटल पु¥याए । ०७३ चैत्रमा टिचिङ्ग हस्पिटलमा छोराको नाकको अप्रेसन भयो । त्यसपछि पनि नाकमा मासु पलाउँदै जाने, झर्दै जाने समस्या नरोकिए पछि ०७४ भदौ २० गते, असोज ६ गते र कात्तिक २८ गते पनि छोराको नाकको पटक–पटक अप्रेसन गरिएको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

टिचिङ हस्पिटलले रोग पत्ता लगाउन नसकेपछि त्यहाँबाट रिफर गरी मंसिर २५ गते भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा परीक्षण गरी औषपध लिएर घर आएको बुबा केदारनाथले बताए । संस्थाका डा ए.सी. शर्मा र डा. राकेशकुमार आचार्यले उपचार गराएको उनले बताए ।

“एउटै औषधीको मात्र भारतीय ३ हजार ९ सय ९० रुपैयाँ पर्दछ । यो औषधिलगायत थुप्रै औषधि खानुपर्छ”, बिरामीका बुबा पौडेलले भने । उनका अनुसार डाक्टरले एक वर्षसम्म लगातार औषधि खानुपर्ने बताएका छन् ।

Global Ime bank

“छोराको उपचार गर्दा यसअघि १२ लाख रुपैयाँ ऋण लागिसक्यो । थप उपचार गर्न १८ लाखभन्दा बढी रकम चाहिन्छ । कसरी छोरा बचाउने भन्ने चिन्ता लागेको छ ।”, उनी भन्छन् । स्थानीय पृथ्वी माविमा १२ कक्षामा पढ्दै गरेको छोरालाई कसरी बचाउने भन्ने चिन्तामा उनी डुबेका छन् ।

पटक–पटक बाढी लागेर घरवारविहीन भएपछि चितवनको मेघौली हुँदै भण्डारा पुगेको पौडेल परिवार भण्डारामा पनि बाढी लागेर ०४७ सालमा सगुनटोलमा आई ऐलानी जग्गामा बस्दै रहेका छन् ।

परिवारलाई दैनिक गुजारा टार्नलाई नै समस्या छ । पहिलेको ऋण कसरी तिर्ने भन्नेमा एकातिर समस्या छ भने अर्कोतर्फ छोराको औषधि खर्च धान्न समस्या भएकोले छोराको जीवन रक्षाको लागि सहयोगीदाताहरुसँग सहयोगको अपिलसमेत उनले गरेका छन् ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १६, २०७४  ०१:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC