site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ । व्यवस्थापिका–संसद्ले कम्पनीमा दर्ता गरेर सार्वजनिक यातायात सञ्चालन गर्न निर्देशन दिएको पाँच महिनामा आठ कम्पनी मात्र दर्ता भएका छन् । 

कम्पनी दर्ता हुनुअघि यातायात व्यवस्था विभागमा पञ्जीकरण हुनुपर्ने प्रावधान सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा गरिएको छ । सो व्यवस्थानुसार गत भदौ ५ गतेपछि ती कम्पनी दर्ता भएको विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए । ह्याप्पी नेपाल प्रालि, रेसुंगा यातायात प्रालि, बूढानीलकण्ठ यातायात प्रालि, प्रदेश यातायात सेवा प्रालि, शुभ साप्ताहिक यातायात प्रालि, मयूर यातायात प्रालि, शारदा यातायात प्रालि र जयमालिका यातायात प्रालि विभागमा पञ्जीकरण भई कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको छ । 

भदौ ५ गते तत्कालीन व्यवस्थापिका–संसद्, विकास समितिले यातायात समितिहरुलाई संघसंस्था ऐन, २०३४ अनुसार नवीकरण नगर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो । भदौ ५ गतेअघि १०० कम्पनी विभागमा पञ्जीकरण भएको प्रवक्ता वीरबहादुर स्वाँरले जानकारी दिए । हाल नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र नेपाल यातायात व्यवसायी राष्ट्रिय सर्वोच्च महासङ्घसँग आबद्ध यातायात संस्था जिल्ला प्रशासन कार्यालयमा सामाजिक संस्थाका रुपमा दर्ता भई काम गरिरहेका छन् । कम्पनीमा दर्ता भएपछि राजश्व पनि बढ्ने समितिको ठहर थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ९, २०७४  ०२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC