site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
टिचिङ अस्पतालमा चार वर्षमा २ सय नर्स राजीनामा दिएर विदेशतिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पछिल्लो समय नर्सिङ पेसा छाडेर विदेश पलायन हुनेको संख्या बढेको छ । अस्पतालले राखेको पछिल्लो ४ वर्षको रेकर्डअनुसार दुई सय नर्स विदेश पलायन भएका छन् । २०७१ सालमा २२ जना, ०७२ सालमा ५७ जना, ०७३ सालमा ६९ जना र २०७४ साल पुससम्ममा ४५ जना नर्स बाहिरिएका छन् ।

अझै करिब ५० जना नर्सहरु विदेश जाने प्रक्रियामा रहेको बताइएको छ । राजीनामा दिएकामध्ये केही नर्स स्थायी दरबन्दीमा नाम निकालेका र स्थायी रुपमा काम गरिरहेका पनि रहेको शिक्षण अस्पताल नर्सिङ विभागकी निर्देशक कोपिला श्रेष्ठले बताइन् । उनी भन्छिन्, “नेपालका नर्सहरुको पहिलो गन्तव्य विदेश नै हो अनि दोस्रो चाहिँ त्रिवि शिक्षण अस्पताल ।”

Prabhu Bank
Agni Group
NIC Asia

नेपालमा पेशागत सुरक्षा, सम्मान र सुनिश्चित भविष्य नदेखेका कारण नर्सहरु पलायन हुने क्रम बढिरहेको उनी बताउँछिन् । त्रिवि शिक्षण अस्पताल अन्य सरकारी अस्पतालको तुलनामा राम्रो सेवा–सुविधा दिने अस्पतालको रुपमा चिनिन्छ । तर यही अस्पतालका नर्स राजीनामा दिँदै विदेश पलायन भइरहेको तथ्यांकले देखाउँछ । अन्य सरकारी अस्पताल तथा निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सको सेवा–सुविधा त अझ दयनीय छ । 

हरेक महिना स्थायी र करारमा राखिएका नर्सले राजीनामा दिने क्रमले अस्पतालमा नर्स व्यवस्थापन गर्न निकै समस्या भएको निर्देशक श्रेष्ठ बताउँछिन् । स्थायी नर्स काम छाडेर विदेश पलायन हुन थालेपछि  अस्पताललाई हरेक ६ महिनामा करारमा नर्स राख्नुपर्ने बाध्यता रहेको अस्पतालका प्रशासन प्रमुख गोविन्दबहादुर प्रधानले बताए ।

Global Ime bank

उनले भने, “टिचिङ अस्पतालमा अन्य अस्पतालको भन्दा राम्रो सेवा सुविधा छ । नेपाल सरकारले तोकेको सेवा सुविधामा पनि अतिरिक्त १० प्रतिशत तलब थपेर दिइन्छ । तैपनि विदेश पलायन हुने क्रम बढ्दो छ ।” हाल टिचिङ अस्पतालमा तीन सय १७ जना स्थायी दरबन्दीमा र २ सय ८३ जना करारमा नर्स कर्मचारी छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ४, २०७४  २३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC