site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । तराई क्षेत्रमा निरन्तर लागेको बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने विभिन्न गन्तव्यका कतिपय आन्तरिक उडान प्रभावित भएको छ । 

हुस्सुका कारण केही दिनयता भद्रपुर, विराटनगर, जनकपुरलगायत गन्तव्यको उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

लामो समयदेखि हुस्सु लागेका कारण सिमरा, भैरहवा र धनगढीको उडानमा समेत पटक–पटक अवरोध हुँदै आएको छ । 

मुख्य गन्तव्यमा नियमित उडान नहुँदा कामकाजी सर्वसाधारण मर्कामा परेका छन् । निर्माणाधीन नारायणघाट–मुग्लिन सडकका कारण यात्रुलाई कठिनाइ भएपछि आफ्नो गन्तव्यमा पुग्न यात्रुलाई केही सातादेखि विमानस्थलमा उडान नहुँदा झनै सास्ती भएको छ । 

Global Ime bank

विमान नउड्ने भएपछि यात्रुहरु लामो र जोखिमपूर्ण यात्रा भए पनि सडक मार्ग हँुदै राजधानी काठमाडौँ आवतजावत गर्ने गरेका छन् । 

विमानस्थलबाट आन्तरिकतर्फ दैनिक करिब पाँच हजार यात्रु आवतजावत गर्ने गरेका छन् । आन्तरिकतर्फ हेलिकप्टरसहित (नेपाल वायुसेवा निगम, बुद्ध, यतिलगायत) १८ वटा वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् । 

अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थलले जनाएको छ । हाल ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०७४  ०३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement