site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नक्कली कागजात बोकेर ब्राजिल जाने भन्दै कसरी पुगे चारजना अध्यागमन पार गरेर फिलिपिन्स ?

काठमाडौं । मानव बेचबिखनमा संलग्न एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली गौरीगंगा नगरपालिका–२, घर भई ललितपुर झम्सिखेल बस्ने ४१ वर्षीय तेज राम चौधरी छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई मंगलबार ललितपुर झम्सिखेलबाट पक्राउ गरेको हो । चौधरीले अमेरिका पठाइदिन्छु केही समय ब्राजिलमा गएर काम गर्नुपर्ने र फिलिपिन्स हुँदै जानु पर्छ भनि चारजना पीडितहरूबाट पटक पटक गरी एक करोड १८ लाख ५९ हजार रूपैयाँ लिएका थिए ।

पीडितको उजुरीका आधारमा कार्यालयका डीएसपी गोविन्द पन्थी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीको अनुसन्धानका क्रममा चौधरीले पीडितहरूलाई ब्राजिलको वर्किङ भिसाका लागि श्रम स्वीकृति समेत गरेको खुलेको छ ।

काठमाडौंबाट नै उनीहरू भिजिट भिसामा फिलिपिन्स उडेका थिए । तर, त्यहाँको अध्यागमनले नक्कली कागजात देखिएपछि उनीहरुलाई फिर्ता पठाएको खुलेको छ । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार अध्यागमन कर्मचारीको कमजोरीका कारण उनीहरू नक्कली कागजात बोकेर फिलिपिन्स पुगेको देखिएको छ ।

फिलिपिन्सबाट फर्केपछि भने फेरि दिल्लीबाट ब्राजिल जाने भन्दै पीडितहरूलाई पुनः दिल्ली पुर्‍याइ होटलमा बन्धक बनाएको खुलेको छ । दिल्लीको होटलमा समेत पीडितहरूले ३९ लाख रूपैयाँ बुझाएपछि होटलबाट मुक्त भएको पाइएको छ । पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान गर्न कार्यालयले वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro