site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
माथेमाद्वारा केयुको सिनेट सदस्यबाट राजीनामा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
काठमाडौं । प्राध्यापक केदारभक्त माथेमाले काठमाडौं विश्वविद्यालय (केयु) को सिनेट सदस्य पदबाट राजीनामा दिएका छन् ।
 
चिकित्साशास्त्रतर्फको प्रवेश परीक्षामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको हस्तक्षेपबारे व्यवस्थापन मौन रहेको भन्दै केदारभक्त माथेमाले काठमाडौं विश्वविद्यालय (केयु) को सिनेट सदस्य पदबाट राजीनामा दिएका हुन् । 
 
माथेमाले राजीनामा पत्रमा केयुको चिकित्साशास्त्रतर्फ स्नातकोत्तर तहको प्रवेश परीक्षामा आयोगको हस्तक्षेप र परीक्षा बोर्डका एक सदस्यको नैतिक आचरणबारे लागेको आरोपबारे विश्वविद्यालय व्यवस्थापनले कुनै प्रतिक्रिया नदिएको उल्लेख छ । उनले मंगलबार जारी गरेको वक्तव्यमा लेखिएको छ–यस्तो आरोपले विश्वविद्यालयको स्वायत्तता र परीक्षा प्रणालीको अखण्डतामाथि गम्भीर प्रश्न उठेको छ ।
 
काठमाडौं विश्वविद्यालय अन्तर्गत चिकित्साशास्त्रतर्फ एमडी र एमएस तर्फको प्रवेश परीक्षामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हस्तक्षेप गरी आफैं प्रश्नपत्र तयार पारी परीक्षा सञ्चालन गरेको थियो । 
 
विश्वविद्यालयमाथि गम्भीर आरोपहरु लागिरहँदा पनि व्यवस्थापन यसरी मौन रहनु आश्चर्यजनक भएकोले आफूले विश्वविद्यालयको सिनेट सदस्यबाट राजीनामा दिने कठोर निर्णय गरेको माथेमाले उल्लेख गरेका छन् ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २१, २०७३  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC