site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपालमा एचआइभी संक्रमितको संख्या  ३२ हजार
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा साढे ३२ हजारमा एचआईभी एड्स संक्रमण भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ । 

सन् २०१६ को अन्त्यसम्म नेपालमा ३२ हजार ७३५ जनालाई  एचआईभी संक्रमण भएको पाईएको हो ।  तिमध्ये २० हजार २३२ जना पुरुष रहेका छन् भने १२ हजार ५०३ जना महिला रहेका छन् । 

नेपालको कुल एचआईभी संक्रमितमध्ये ४० प्रतिशत अर्थात १४ हजार ५ सय ४४ जना मात्र एचआईभी संक्रमितहरु उपचार गरिरहेका छन् २०२० सम्ममा सबैलाई उपचारको पहुँचमा पुर्याउने राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालमा एचआईभी संक्रमणको  उच्च जोखिममा रहेका समुहमा सुईद्धारा लागुपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिँगी तथा तेस्रोलिंगी,  खुला सीमाना, वैदेशिक रोजगारी र कैदीहरु रहेका छन् । 

नेपालमा खुला सिमाना, सुईद्धारा लागुपदार्थ प्रयोग, असुरक्षित यौनसम्र्पकबाट यो रोग सर्ने हुनाले जनचेतनामुलक कार्यक्रमहरु देशैभर गरिरहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा.विकास लामिछानेले बताए । 

Global Ime bank

उनले भने “यस रोगको उपचारका लागि देशका ७७ वटै जिल्लामा निशुल्क औषधी वितरण गरिरहेको छ । ग्रामीण क्षेत्रमा उपचारका लागि यातायात खर्चसमेत दिने गरेको छ ।”

सरकारले हरेक वर्ष एचआईभी संक्रमितको लागि औषधी उपचारका लागि करिब ५० करोड खर्च गर्ने गरेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका पुर्वनिर्देशक तरुण पौडेलले बताए ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका फोकल पर्सन बीरबहादुर रावलले नेपालका बयस्क उमेर (१५ – ४९ बर्ष ) जनसंख्यामा एचआईभीको व्याप्तता दर ०.१७ प्रतिशत रहेको बताए । नेपालमा करिव ७० प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौनसम्र्पकको  माध्ययमबाट सरेको पाइएको छ । दुर्गमका रहेका संक्रमितहरुले एआरभी समेत पाउन सकेका छैनन् । नेपालमा सन २०३० को तुलनामा सन् २०१६ सम्ममा नेपालमा ५७ प्रतिशतले नयाँ संक्रमण घटेको छ भने ६८ प्रतिशतले बच्चाहरुमा हुने नयाँ संक्रमणमा कमी आएको छ । यसैगरी एड्सको कारणले मृत्यु हुने संख्या ३० प्रतिशतले घटेको छ ।

त्यसैगरी डब्लुएचओका अनुसार विश्वभर ३ करोड ६७ लाख एचआईभी संक्रमण भएको अनुमान छ ।  विश्वमा करिव ११ प्रतिशतले नयाँ संक्रमण घटेको छ भने ४७ प्रतिशत बच्चामा हुने संक्रमण पनि कम भएको छ । 

नेपालले सन् २०३० सम्ममा एचआईभी एड्सको महामारी अन्त्य गर्ने लक्ष्य राखेको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०७४  ०५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC