site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सिमिकोट (रासस) । तारा एयरको विमान दुर्घटनामा परी गम्भीर घाइते भएका चार जनालाई थप उपचारका लागि नेपालगन्ज पठाइएको छ । 

दुर्घटनामा परी गम्भीर घाइते भएका विमानका क्याप्टेनद्वय वसन्त लामा र अनुप गुरुङ, विमान परिचारिका श्रेया श्रेष्ठ तथा प्रहरी सहायक निरीक्षक यामप्रसाद दाहाललाई थप

Prabhu Bank
Agni Group
NIC Asia

उपचारका लागि तार एयरकै अर्को विमानबाट नेपालगन्ज पठाइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए ।

दुर्घटनामा परेका अन्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 

Global Ime bank

दुर्घटनाग्रस्त उक्त विमानमा चालक दलका तीनसहित १६ नेपाल प्रहरीका जवान सवार थिए । उनीहरु यही मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि खटिएर फकर्ने क्रममा दुर्घटनामा परेका हुन् ।
सिमिकोट विमानस्थलबाट सुर्खेतका लागि उडान भर्ने क्रममा आज बिहान ९ः४५ बजे तारा एयरको ९एन–एबिएम कलसाइनको ट्वीनअटर विमान दुर्घटनामा परेको थियो । 

धावन मार्ग छाड्ने बेलामा विमानको बायाँपट्टिको टायर पञ्चर भएर नियन्त्रणमा ल्याउन नसक्दा जहाज दुर्घटनामा परेको बताइएको छ । धावनमार्गबाट तल झरेर बिजुलीको खम्बामा ठक्कर खाँदा विमानको अगाडिको भाग नराम्ररी क्षतिग्रस्त भएको छ । 
नागरिक उड्डयन कार्यालयका अधिकृत भीमदत्त पन्तले दुर्घटनाका कारण पत्ता लगाउन केन्द्रबाट प्राविधिक टोली बुधबार सिमिकोट आउने जानकारी दिए । विमान दुर्घटनामा परेलगत्तै नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी उद्धार कार्य जुटेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०७४  ०६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC