site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निर्वाचन प्रचारमा चिन्ह अंकित टोपी, टि–सर्ट प्रयोग गर्न नपाइने 
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  निर्वाचन आयोगले आगामी मङ्सिर १० र २१ हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको  निर्वाचनको प्रचारमा  निर्वाचन चिन्ह अंकित पहिरन टोपी, स्टिकर,  टि–शर्ट, झोला, ट्याटु, गम्छाजस्ता सांकेतिक सामग्रीहरू प्रयोग गर्न रोक लगाउने भएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी बनाउन आयोगले राजनीतिक दल तथा उमेदवारले निर्वाचन प्रचार–प्रसारमा प्रयोग गर्ने गरी यस्ता सामाग्री उत्पादन, वितरण र प्रयोगलाई शख्त निषेध गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै आयोगले देशभरका ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, क्षेत्रीय÷ जिल्ला निर्वाचन अधिकारीलाई निर्देशन दिएको जनाएको छ ।

 “राजनीतिक दल तथा उमेदवारले निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्ने गरी निर्वाचन चिन्ह अंकित  सामग्री उत्पादन, बिक्रि वितरण वा प्रदर्शन गर्नु निर्वाचन आचारसंहिता विपरित हुने हुँदा त्यस्ता सामग्री उत्पादन तथा प्रयोगमा रोक लगाउन र नियन्त्रण गर्न निर्देशन दिएको हो,” विज्ञप्तीमा भनिएको छ ।

Global Ime bank

त्यस्तै, राजनीतिक दल तथा उमेदवारले निर्वाचन प्रचारप्रसारका क्रममा उल्लेखित सामग्रीहरू व्यापकरूपमा उत्पादन तथा वितरण गर्न लागेको भन्ने सूचना आयोगमा प्राप्त भएको हुँदा आयोगले त्यस्ता सामग्रीहरूको उत्पादन, बिक्री वितरण र प्रयोगमा कडाईका साथ रोक लगाउन सम्बन्धित पदाधिकारीहरूलाई निर्देशन दिएको जनाएको छ ।

आयोगको आदेश विपरित निर्वाचन प्रचारप्रसारमा उपरोक्त सामग्रीहरू प्रयोग गरेको पाइएमा त्यस्ता अबैध सामग्रीहरू जफत गरी निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल, व्यक्ति तथा निकायलाई आवश्यक कारवाही गर्न समेत आयोगले निर्देशन दिएको छ 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०७४  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC