काठमाडौ. । नेपाल खेलकुद पत्रकार मञ्चले अन्तर्राष्ट्रिय स्पोर्टस प्रेस युनियन एआइपिएस एशियाका कोषाध्यक्ष पदमा विजयी भएका नेपालका खेल पत्रकार निरञ्जन राजवंशीलाई आज सम्मान गरेको छ ।
मञ्चले एक कार्यक्रमको आयोजना गरी खेल पत्रकार राजवंशीलाई सम्मान गरेको हो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल गल्फ सङ्घका अध्यक्ष टासी घले, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठलगातयले सफलतको शुभकामना दिँदै बधाई दिए ।
पाकिस्तानमा गत अक्टोबर ६ मा सम्पन्न एआइपिएसको विशेष साधारणसभाबाट राजवंशी लगातार दोस्रो पटक कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन्। सन् २०१२ मा पहिलोपटक एआइपिएसमा सदस्यता ग्रहण गरेका राजवंशी अघिल्लो कार्यकालमा पनि कोषाध्यक्ष पदमा नै थिए ।
मञ्चको पूर्वअध्यक्षसमेत रहेका राजवंशी हाल बिबिसी नेपाली सेवामा कार्यरत छन् । रासस