site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौँ। प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचनको तेस्रो चरणको प्रचारप्रसार र मौन अवधिमा डेढ दर्जन सञ्चार माध्यमका सामग्री निर्वाचन आचारसंहिता प्रतिकूल भएको पाइएको जनाएको छ । 

काउन्सिलले निर्वाचन आयोगको सहकार्यमा यही असोज ३ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनको सन्दर्भमा गत भदौ १९ गतेदेखि नियमितरुपमा अनुगमन गरेको थियो । काउन्सिलका सूचना अधिकारी दीपक खनालका अनुसार यसबीचमा दुई छापा माध्यम, नौ रेडियो, एक टेलिभिजन, तीन अनलाइन गरी १५ सञ्चार माध्यमले आचारसंहिता उल्लङ्घन गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

आचारसंहिता उल्लङ्घन गर्ने ती माध्यमलाई काउन्सिलले ध्यानाकर्षण गराएको छ । ती माध्यममा तोकिएको समय र आकारभन्दा बढी विज्ञापन प्रकाशन गरेको, सःशुल्क विज्ञापन उल्लेख हुनुपर्नेमा सो नभएको र प्रत्यक्ष प्रसारण गरेका उदाहरण पाइएका छन् । आयोगले विद्युतीय सञ्चार माध्यममा बढीमा ४५ सेकेण्ड र छापा माध्यममा ७÷७ इञ्च विज्ञापन प्रसारण र प्रकाशन गर्न पाइने आधार तोकेको छ । 

काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराले मौन अवधिमा बाराको ‘रेडियो बादल’, पर्साको ‘जनसृष्टि’ दैनिक र सिरहाको ‘रेडियो समग्र’ले निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री दिएकामा आफूहरुले तत्काल रोक लगाएको बताए । उनले समग्रमा यसअघिका चरणका निर्वाचनभन्दा तुलनात्मकरुपमा कम आचारसंहिता उल्लङ्घन देखिएको जानकारी दिए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २, २०७४  ०३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC