राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
अध्यक्ष ओलीले मन्त्री भएकोमा गर्व गर्ने ठाउँ नरहेको प्रतिक्रिया समेत दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेको दिन सोमबार काठमाडांैमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बरु आलूको भाउ होला तर मन्त्रीको भने भाउ घट्दै गएको टिप्पणी पनि गरे ।
अध्यक्ष ओलीले सरकारले भारतसँग ग्याँसको बुलेट संचालन गर्ने इजाजत लिन नसकेकोमा पनि आपत्ति जनाए ।
उनले नेपालका व्यवसायीहरुको लगानी डुब्ने अवस्था आउँदा पनि सरकार देश र जनताको हितमा पक्षमा उभिन नसकेकोमा आफूलाई सरम लागेको पनि उल्लेख गरे ।
प्रकाशित मिति: मंगलबार, भदौ २७, २०७४ ०५:५५
प्रतिक्रिया दिनुहोस्