site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
‘बीपीले दाङदेखि मोरङसम्म हिँडेर संगठन बनाउनु भएको थियो’ 
SkywellSkywell

काठमाडौं । चालीसौं बीपी स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । बीपीको राजनीति एवं साहित्यिक योगदानको स्मरणका साथ बीपी स्मृति दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै छ । 

बीपीका सहयात्रीहरू अहिले जीवित नरहे पनि उनले बनाएको बाटो पछ्याएकाहरू अहिले नेपाली कांग्रेसको नेतृवमा छन् । नेपाली राजनीति र यसको विकास तथा विश्व राजनीतिमा बीपीको  स्थानलाई अहिले पनि महत्वका साथ हेरिन्छ । राजनैतिक विश्लेषक पुरञ्जन आचार्य सशस्त्र क्रान्तिबाट प्रजातन्त्र पुनस्र्थापना र प्रजातन्त्रकै संरक्षण अनि संवद्र्धनमा बीपीकै योगदान अतुलनीय रहेको टिप्पणी गर्छन् । उनले नेपाली कांग्रेसले पाएको अहिलेसम्मको नेतृत्वको भूमिका बीपीले नै गरेको बताए । 

Dabur Nepal
NIC Asia

“नेपालमा जहाँनिया राणा शासन अन्त्यको आह्वान भयो । त्यहाँ मातृकाप्रसाद कोइराला २००७ सालको क्रान्तिको कमाण्डर नियुक्त हुनुभयो । २००७ सालको क्रान्ति मातृकाप्रसाद कोइरालाको पालामा भयो । आधिकारिक लिडरसिप काइरालाले समाते पनि राजनीतिक नेतृत्व बीपी कोइरालाको नै थियो,” उनी भन्छन् । 

वरिष्ठ पत्रकार किशोर नेपाल बीपीले जस्तो पार्टीकौ कार्यभार अन्य सभापतिहरूले बोक्न नसकेको टिप्पणी गर्छन् । कांग्रेसलाई अग्रगामी दिशामा लैजान बीपीले अभुतपूर्व योगदान गरेको उनको विश्लेषण छ । उनले नेपालमा आवश्यक सवारी साधनसमेत नभएको बेला बीपीले देशभर घुमेर पार्टीको संगठन बिस्तार गरी कांग्रेसलाई पहिलो पार्टी बनाउन गरेको योगदानलाई कसैले बिर्सन नसक्ने बताए । 

“बीपी कोइराला जतिखेर सभापति हुनुभयो त्यो बेलामा नै नेपाली कांग्रेस अग्रगामी बन्यो । यसका धेरै दस्तावेजहरू पनि बने । बीपीका चिन्तनहरू भएका धेरै कुराहरू बाहिर आए,” उनी भन्छन्, “उहाँले पार्टीको एउटा आकार तयार गर्नुभयो । आफैँ घुमन्ते भएको हुनाले पनि उहाँले धेरै मान्छेहरुसँग भेट्नुभयो । मोटर सेवा नभएको बेला दाङदेखि मोरङसम्म हिँडेर संगठन बनाउनु भनेको निकै गाह्रो कुरा थियो । त्यो बेलामा संगठन बनाउन जति मिहिनेत बीपीले गर्नुभयो त्यति अरु सभापतिले भार बोक्नु परेन ।”

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर बीपीले प्रजातन्त्रका लागि ठूलो योगदान दिएको आचार्य स्मरण गर्छन् । 
संविधानसभाका लागि नयाँ राजालाई दबाब सिर्जना गरी कांग्रेसले दुईतिहाई बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री बनेको आचार्य बताउँछन् । “उहाँले १२ सालमा फेरि  सुवर्ण समशेरलाई सभापति बनाउनु भयो । त्यो कांग्रेसको अधिवेशनबाट उहाँले समाजवाद पास गर्नुभयो । सुवर्ण समशेरको नेतृत्वमा चुनाव हुँदा कांग्रेसले ठिक उर्जा गर्दैन भनेर उहँले विशेष अधिवेशन गर्नुभयो,” राजनैतिक विश्लेषक आचार्य भन्छन्, “फेरि विशेष अधिवेशनले बीपी कोइरालालाई सभापतिमा निर्वाचित गर्यौं । उहाँले संविधानसभाका लागि नयाँ राजालाई दबाब दिनुभयो । त्यो दबाबले संविधानसभाको चुनाव नभए पनि राष्ट्रिय निर्वाचन भयो । त्यस चुनावमा कांग्रेसले दुईतिहाई बहुमत पाएपछि बीपी प्रधानमन्त्री हुनुभयो ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro