site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
यस वर्षलाई ललितपुर महानगरले ‘सुशासन वर्ष’का रूपमा मनाउने
SkywellSkywell

काठमाडौं । ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० लाई ‘सुशासन वर्ष’ का रूपमा मनाउने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा मेयर चिरिबाबु महर्जनले चालु आर्थिक वर्ष सुशासन वर्षको रूपमा मनाइने बताएका हुन् ।

उनले महानगरले गर्ने खर्च कटौती गरेर, बेरुजु उल्लेख्य मात्रामा घटाएर, पारदर्शिता प्रवर्द्धन गरेर, वडालाई विकासको केन्द्रको रूपमा विकसित गरेर र कार्यसम्पादन सम्झौता गरेर सुशासन वर्ष मनाउन लागिएको बताए ।

Dabur Nepal
NIC Asia

मेयर महर्जनले विपद् व्यवस्थापनमा लगानी वृद्धि गरी दमकल खरिद गर्ने योजना बनाएको पनि बताए । उनले वारुण यन्त्रको क्षमता अभिवृद्धि गर्ने, विपद् सम्बन्धी सम्पूर्ण जनशक्ति, स्रोत, साधन, सामग्री, सूचना एउटै छातामुनिबाट परिचालन गर्ने, रिङरोड बाहिरका वडाहरूमा फोहर संकलनमा आधुनिक उपकरणको प्रयोग तथा परिचालन गर्ने योजना बनाएको बताए । 

त्यस्तै मेयर महर्जनले महानगरपालिकाले महानगरका सबै वडामा सम्भव भएसम्म आधुनिक अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण गर्ने बताए । उनले आधुनिक र प्रविधिको विकास हुँदै गएकाले महानरपालिकाको राजश्व संकलन प्रक्रियालाई अनलाइन
सिस्टममा आवद्ध गर्ने बताए ।

मेयर महर्जनले मेडिकल टिम बनाएर प्रत्येक घरघरमा गएर ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण गर्नेगरी ज्येष्ठ नागरिकसँग महानगर कार्यक्रम यो वर्ष पनि निरन्तरता दिने बताए ।

उनले महानगरले शैक्षिक क्रियाकलापलाई एकरूपता ल्याएर कक्षा ३ सम्म नेपाल भाषाको पाठ्यक्रम लागु गरिने बताए ।

मेयर महर्जनले खानेपानी व्यवस्थामा विशेष जोड दिँदै विभिन्न स्थानमा वाटर एटीएमको व्यवस्था गर्ने बताए ।

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ६ अर्ब ३५ करोड ३५ लाख तीन हजार रुपैयाँको बजेट ल्याएको थियो । जसमध्ये चालु खर्चतर्फ दुई अर्ब २६ करोड ६१ लाख ५४ हजार तथा पुँजीगततर्फ चार अर्ब ८ करोड ७३ लाख ४९ हजार रुपैयाँ विनियोजन गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro