site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निजी अस्पतालबाट बिमा कार्यक्रम नहटाउने प्रस्ताव मन्त्रिपरिषद्मा लगिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताल र मेडिकल कलेजहरूबाट स्वास्थ्य बिमा कार्यक्रम नहटाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने भएको छ ।

स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ र बिमा बोर्डका पदाधिकारीहरूबीच आज मन्त्रालयमा छलफल भएको थियो । छलफलमा यस्तो प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने सहमति भएको बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले जानकारी दिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“निजी तथा मेडिकल कलेजबाट स्वास्थ्य बिमा कार्यक्रम हटाइँदाका असर र निरन्तरता दिँदाको फाइदाबारे हामीले मन्त्रीज्यूलाई स्पष्ट पारेका छौँ,” डा. उप्रेतीले भने, “निजीबाट सेवालाई निरन्तरता दिने प्रस्ताव छिट्टै मन्त्रिपरिषद्मा लैजाने सहमति भएको छ । सकारात्मक निर्णयको अपेक्षामा छौँ ।”

चालु आर्थिक वर्षको बजेट वक्तव्यमा स्वास्थ्य बिमा कार्यक्रम सरकारी र सामुदायिक अस्पतालबाट मात्र सञ्चालन गरिने उल्लेख छ ।

नयाँ आर्थिक वर्ष सुरु भएसँगै चार निजी अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको औपचारिक सूचना बोर्डलाई गराइसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro