राजनीति
काठमाडौं । सरकारले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउनका लागि गठित दुवै आयोगका पदाधिकारीको म्याद थप्ने निर्णय गरेको छ । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका पदाधिकारीको म्याद थप्ने निर्णय गरिएको हो ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले दुवै आयोगका पदाधिकारीको म्याद तीन महिना थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
दुवै आयोगका पदाधिकारीको पछिल्लोपटक थपिएको म्याद यही असार मसान्तमा सकिँदै छ ।
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९ १३:०२
प्रतिक्रिया दिनुहोस्