राजनीति
काठमाडौं । मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको एक मन्त्रीले जानकारी दिए ।
मन्त्रिपरिषद्को यो आकस्मिक बैठक हो । मन्त्रिपरिषद्को नियमित बैठक हरेक सोमबार र बिहीबार बस्ने गर्छ । केही महत्त्वपूर्ण विषयमा निर्णय गर्नुपर्दा अरू दिन पनि आकस्मिक बैठक बस्ने गर्छ ।
यसअघि, आजै बिहान बालुवाटारमै सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक बसेको थियो । सो बैठकपछि मन्त्रिपरिषद्को बैठक बसेको हो ।
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९ १२:०२
प्रतिक्रिया दिनुहोस्