site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाइडेनले रक्षा निर्देशन पत्रमा हस्ताक्षर गर्ने 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

वासिंगटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी रक्षा विभागलाई हाइपरसोनिक हतियार औद्योगिक आधारमा लगानी गर्न अनुमति दिलाउन दुईवटा निर्देशन पत्रमा हस्ताक्षर गर्ने भएका छन् । 

अहिले चीन र रुसले हाइपरसोनिक हतियारमा भएको प्रगतिको विज्ञापन गरिरहेकोबेला अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले प्रमुख प्राविधिक क्षेत्रहरूमा सम्भावित आपूर्ति श्रृंखलाको अवरोधलाई सम्वोधन गर्न चाहन्छ । चीन र रुसले प्रदर्शन गरिरहेका अदभूत गति क्षमताका हाइपरसोनिक हतियारका गति म्याक पाँचभन्दा बढी रहेको छ ।

अनुसन्धान तथा इन्जिनियरिंगका लागि रक्षा सहायक मन्त्रीको कार्यालयमा हाइपरसोनिक्स मामिलाका प्रमुख निर्देशक माइकल ह्वाइटले मंगलवार भनेका छन्, “राष्ट्रपतिले हस्ताक्षर गर्न लागेका निर्देशनहरूले हाइपरसोनिक इन्जिन, निर्देशन र नियन्त्रण उपप्रणाली आपूर्तिकर्ता बलियो बनाउन पेन्टागनलाई रक्षा उत्पादन ऐन शिर्षक तृतिय कोष लगानी गर्न सक्षम पार्नेछ ।”
 
उक्त तृतिय कोष अन्तर्गत राष्ट्रपतिले उत्पादन क्षमता वृद्धि र उच्च गुणस्तरजस्ता कुराहरूलाई प्रोत्साहित गर्न महत्वपूर्ण प्रविधि क्षेत्रहरूको लागि घरेलु औद्योगिक आधार प्रोत्साहनहरू स्थापना गर्न सक्छन् । हाइपरसोनिक कार्यक्रमका लागि रक्षा विभागको पाँच वर्षका लागि खर्च योजना केवल २५ अर्ब डलर रहेको छ । ह्वाइट हाउसले हाइपरसोनिक औद्योगिक आधारबारे चासो व्यक्त गर्नुका साथै राष्ट्रिय सुरक्षामा यसको महत्वलाई मान्यता प्रदान गरेको छ । डिफेन्सन्युज
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  ०६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro