site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुटिए
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । वाग्मती नदीभित्र हुने अनधिकृत कामका बारेमा नियमित अनुगमन गर्ने क्रममा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुटिएका छन् ।

गोकर्णेश्वर नगरपालिका–५ स्थित एभरेस्ट पेट्रोलपम्पमुनिको वाग्मती नदी किनारमा लामो समयदेखि अनधिकृत रूपमा फोहोर संकलन गर्दै आएका सुवास घिसिङले अनुगमनको क्रममा हिँडेका समितिका कर्मचारी बलराम श्रेष्ठलाई कुटपिट गरेर टाउको फुटाइदिएको समितिका सूचना अधिकारी कमल अर्यालले जानकारी दिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

समितिले आयोजनाको काममा नै अवरोध पुर्‍याउने गरी फोहोर संकलन केन्द्र नराख्न तीनपटक पत्राचार गरिसकेको छ । तर, घिसिङले समितिको पत्राचारलाई अटेर गर्दै आएको जनाइएको छ ।

श्रेष्ठमाथि आक्रमण गर्ने घिसिङलाई प्रहरीले पक्राउ गरेर हाल महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा राखेको छ । घिसिङले अटेर गरी नदी किनारामा फोहोर संकलन केन्द्र बनाउँदा वाग्मती सौन्दर्यीकरणको काममा समेत असर पुगेको समितिले जनाएको छ ।

Royal Enfield Island Ad

अनधिकृत रूपमा फोहोर संकलन केन्द्र स्थापना गरेर स्थानीयवासीलाई समेत धम्की दिँदै उनले वाग्मती कोरिडोर क्षेत्रबाट फोहोर उठाउने गरेका हुन् । जसले गर्दा जम्मा भएको आधा फोहोर वाग्मतीमा बग्ने गरेको छ ।

नियमित अनुगमन गर्ने क्रममा समितिको ‘क्वीक रेस्पोन्स टिम’मा सहभागी  श्रेष्ठमाथि कुटपिट गरेपछि यो घटना सार्वजनिक भएको हो ।  ‘‘हामी नियमित अनुगमनमा गएका थियौँ, मैले फोहोर संकलनस्थलको तस्बिर खिच्न लागेको थिएँ, त्यही बेला ममाथि एक्कासि मुक्का प्रहार भयो,’’ उनले भने ।

आक्रमणबाट घाइते भएका श्रेष्ठको टाउकामा दुईवटा टाँका लगाइएको छ । श्रेष्ठको हाल नेपाल–भारतमैत्री अस्पताल मित्रपार्कमा उपचार भइरहेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  १६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro