देश
काठमाडौं । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक टिपर चालक काठमाडौंको कलंकीबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दोलखाको गौरीशंकर गाउँपालिका–८ घर भएका रा१ख २७३४ नम्बरको टिपरका चालक ३२ वर्षीय ज्ञानबहादुर नेपाली छन् ।
दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त टिपरमा चढेर आएकी ती किशोरीलाई घर पु¥याइदिने भन्दै बहाना बनाई चन्द्रगिरि नगरपालिका–७, थानकोटमा पार्किङ गरी सोही टिपर चालकले शुक्रबार राति बलात्कार गरेको प्रहरीमा उजुरी छ ।
बलात्कारपछि टिपर समेत छाडी फरार भएका उनलाई प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले कलंकीबाट पक्राउ गरेको जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, असार २८, २०७९ १२:५४
प्रतिक्रिया दिनुहोस्