site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं महानगरको बजेट सर्वसम्मत पारित
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभा ११औँ अधिवेशन आजबाट सकिएको छ ।

असार ५ गतेबाट सुरु भएको अधिवेशनमा महानगरका मेयर बालेन्द्र साह (बालेन)ले आर्थिक वर्ष २०७९/०८० का लागि वार्षिक नीति तथा कार्यक्रम पेस गरेका थिए । यो प्रस्ताव असार ८ गते बसेको सभाको दोस्रो बैठकले सर्वसम्मत पारित गरेको थियो । 

असार १० गते सम्पन्न सभाको तेस्रो बैठकमा उपमेयर  सुनिता डंगोलले आर्थिक वर्ष २०७९/०८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेकी थिइन् । त्यसै बैठकमा सभाका अध्यक्ष एवं महानगरका मेयर साहले आर्थिक विधेयक र उपमेयर डंगोलले विनियोजन विधेयक पेस गरेका थिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसरी पेस गरिएको बजेट तथा कार्यक्रममाथि असार १७, २२ र आज बसेको बैठकमा छलफल भएको थियो । छलफलका क्रममा उठेका सुझावलाई समेटेर आजको बैठकले आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम र विनियोजन विधेयक सर्वसम्मत पारित गरेको छ ।

सभा पेस भएको आर्थिक विधेयक असार १७ गते बसेको चौँथो बैठकबाट पारित भएको थियो । 

Royal Enfield Island Ad

यसरी पारित भएको नीति, बजेट तथा कार्यक्रमले आगामी वर्षमा महानगरका गतिविधिहरू थप संस्थागत हुँदै जाने बैठकका अध्यक्ष एवं महानगरका मेयर साहले विश्वाश रहेको बताए । "सभामा पेस भएका सबै प्रस्तावहरूमाथि सौहाद्र छलफल भयो । सर्वसम्मत पारित भयो । बजेट, नीति तथा कार्यक्रमसहित विभिन्न नीतिगत र कानुनी व्यवस्था सम्बन्धी निर्णय भयो," मेयर साहले भने । 

न्यायिक समितिका सदस्यहरुको पद तथा गोपनीयताको शपथ पनि आजै सम्पन्न भएको छ । आज नै सम्पन्न भएको निर्वाचनबाट वडा २९ का अध्यक्ष कुश ढकाल र वडा ११ की महिला सदस्य आशा श्रेष्ठ रौनियार निर्विरोध निर्वाचित भएका छन् । उनीहरूलाई मेयर साहले पद तथा गोपनीयताको शपथ गराएका थिए । 

त्यसैगरी निर्वाचन अधिकृत दिपक अधिकारीले न्यायिक समितिको सदस्यमा निर्वाचित भएको प्रमाण पत्र वितरण गरेका थिए । 

नेपालको संविधानको धारा २१७ मा स्थानीय विवादको समाधान गर्न ३ सदस्यीय न्यायिक समितिको व्यवस्था गरेको छ ।

 जसमध्ये उपमेयर संयोजक हुने र बाँकी दुईजना नगर सभा सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

तीनवटा समिति गठन :
आजको बैठकले नगर सभाअन्तर्गत लेखा, विधायन र विकास तथा सुशासन गरी तीनवटा समिति गठन गरेको छ । समितिका पदाधिकारी यसअनुसार छन् । 

लेखा समिति 
गायत्री पुडासैनी, वडा नं. ६ – संयोजक  
रेसल श्रेष्ठ, वडा नं. २० – सदस्य
सतिश तण्डुकार, वडा नं. १० – सदस्य
हीरादेवी पोरखेल, वडा नं. २१ – सदस्य
शर्मिला परियार, वडा नं. ३ – सदस्य

विधायन समिति 
र"पा थापा, वडा नं. ७ – संयोजक
नानीहेरा डंगोल, वडा नं. १२ – सदस्य
प्रवेश श्रेष्ठ, वडा नं. २६ – सदस्य
हुमादेवी आचार्य, वडा नं. ३१ – सदस्य    
पुष्प महर्जन, वडा नं. १६ – सदस्य

विकास तथा सुशासन समिति
सिर्जना भेटवाल, वडा नं. ९ – संयोजक
न्हुच्छेदेवी महर्जन, वडा न. २१ – सदस्य 
रेणुकमल शाही, वडा नं. १९ – सदस्य
जितेन्द्र खड्गी, वडा नं. १७ – सदस्य
अप्सरा खत्री, वडा नं. १५ – सदस्य 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  २१:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro