site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘तन्त्रविद्या र स्नायुविज्ञानको अन्तरसम्बन्ध’ विषयमा विचार–गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागले ‘तन्त्रविद्या र स्नायुविज्ञानको अन्तरसम्बन्ध’ विषयक विचार-गोष्ठी आयोजना गरेको छ । 

उक्त विचार-गोष्ठीलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले तन्त्रविज्ञान र स्नायुविज्ञानबारे चर्चा गर्दै पश्चिमा वैज्ञानिकहरू पनि पूर्वीय दर्शन र परम्पराहरूको अध्ययनमा लागिपरेको बताए । उनले परम्परागत र आधुनिक विज्ञान एक-अर्काका परिपूरक भएको हुँदा कार्यक्रमको औचित्य यसैमा केन्द्रित रहेको उल्लेख गरे । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष प्रा. विद्यानाथ उपाध्यायले तन्त्रविद्यासँग सम्बद्ध प्रवचन दिएका थिए । उनले तन्त्रका विषयमा जनमानसमा अन्योल रहेको उल्लेख गर्दै मन्त्रको मूल पक्ष ज्ञान भएको बताए । उक्तअवसरमा प्रा.डा. कृष्णकुमार ओलीले स्नायु विज्ञानसँग सम्बद्ध प्रवचन प्रस्तुत गरे । 

कार्यक्रममा उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवाली, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रत्नराज पौडेल, प्रा. शिवहरि मरहट्टा, योगगुरु कल्याण मित्र, शशी लुमुम्बूसमेतले बोलेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro