site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
...अनि सांसद सुवालले सभापति यादवलाई भने– हुत्याइदिन्छौँ !

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालबीच चर्काचर्की परेको छ ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा निर्णय सुनाउने क्रममा सांसद सुवालले आफ्नो मतलाई सभापतिले बेवास्ता गरेको भन्दै आक्रोशित भएका थिए । सो क्रममा दुवैबीच भनाभन भएको हो । 

सुवालले समितिमा अनुपस्थित सांसदको संयोजकत्वमा समिति बनाउन नहुने भन्दै आपत्ति जनाएका हुन् ।  

बैठकले वायु सेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरि एक महिनाभित्र समितिलाई प्रतिवेदन पेश गर्न समिति सदस्य शिशिर खनालको संयोजकत्वमा नेपाल वायुसेवा निगम अध्ययन उपसमिति गठन गर्ने

निर्णय गरेको छ । खनाल आजको बैठकमा अनुपस्थित थिए ।  सुवालले अनुपस्थित व्यक्तिलाई समितिमा राख्न नहुने भन्दै आपत्ति जनाए ।  आफूले भनेका कुरा निर्णयमा समावेश नभएपछि सभापतिसँग झोक्किएका थिए । 
सभापति यादवले बैठक सकिएको जानकारी गराएपछि यसरी चर्काचर्की परेको थियो ।

सभापति– यो बैठक यहीँ समापन भएको घोषणा गर्दछु । 

 

सुवाल– सभापतिज्यूले जथाभावी नगर्नुस् । मैले बोल्न पाउँछु कि पाउँदिन । (सभापतिप्रति औँलो तेर्साउँदै) 

 

सभापति–  औँला तल राख्नुस् ।

 

सुवाल– सहमति छैन भन्दा भन्दै किन सच्याउनुहुन्न ? 
 

सभापति– औँला तल राख्नुुस्, औँला तल राख्नुस् । नौटंकी गर्ने ? 
 

सुवाल– तपाईं निरंकुश ढंगले नचलाउनुस् । राणाशासन होइन यो । तपाईंं राणाको अवतार नलिनुस् । मैले असहमति छ भनेपछि कि भन्नुपर्छ । 
 

सभापति–  तपाईंं (रोक्न खोज्दै) 
 

सुवाल– तपाईं राणा नबन्नुस् । राणा जसरी नै हुत्याइदिन्छ् । होस् गर्नुस् । राणा शासन जसरी समाप्त भयो । तपाईं त्यसरी नै हुतिन्छ होस् गर्नुस् । बढ्ता नहुनुुस् । तपाईं पनि एक्लै हो । म पनि एक्लै हो । के फूूर्ति गर्ने ? तपार्इंं बढ्ता नहुनुस्, मेरो आपत्ति छ भनेपछि के भनेर सोध्नुपर्दैन सभापति ? तपाईं निरंकुश बन्ने ? 
 

सभापति– बन्ने (उठ्दै) । राख्नुस् न आफ्नो असहमति राख्नुस् 
 

सुवाल– तपाईं कुन दिन हुत्तिन्छ होस् गर्नुस् । तपाईं सत्ता पार्टीको पुच्छर भएर नहिँड्नुस् । समितिको नेता बन्नुस् ।
 

सभापति–  यहाँ माओवादी सत्ता पक्ष हो ? 
 

सुवाल– हिजो प्रधानमन्त्री भएका सबै सत्ता पार्टी ।
 

सभापति– स्वतन्त्र पार्टी सत्तापक्ष हो ? 
 

सुवाल– हिजो मन्त्री भएका सबै सत्ता पार्टी । 
 

सुवाल– तपाईं निरंकुश नबन्नुस् । निरंकशु भयो भने सिधिन्छ । दाँत छिटै किराले खान्छ । जिब्रो खाँदैन । तपाईंले बोल्न दिनुपर्छ निरंकुश बन्न पाईँदैन । अनुपस्थित सदस्यको अनुपस्थितिमा समिति बनाउन मिल्छ ? अनुपस्थित सदस्यका नाममा समिति बनाएर के गर्न खोज्ुभएको ? राय लिनुपर्दैैन ? निरंकुश बन्न पाइन्छ ? समितिबाट सदस्यहरुले राय राख्न पाउनुपर्छ । तपाईंहरु सबै मिलेर देश बेच्न खोज्नु भा । निरंकुश नबन्नुस् । अनुपस्थितको खारेज हुनुपर्छ । नयाँ सदस्य आउनुपर्छ । अहिले फेरि बैठक सुरु गर्नुपर्छ । बैठक बोलाउनुस् । तपाईं बढ्ता नहुनुस् । नभएका सांसदको नबनाउनुस् । कुन दिन सिधिन्छ यो सभापति अनि थाहा हुन्छ ।

 

हेर्नुहोस् भिडियो

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro